Browsing: खेल

सशस्त्रलाई हराउँदै दार्जिलिङ तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा

0

टवल, जेष्ठ २० । दार्जिलिङ–११ बुटवलमा जारी १८औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । बुधबार भएको तेस्रो क्वार्टरफाइनल खेलमा सशस्त्र प्रहरीमाथि विजय हासिल गर्दै दार्जिलिङ अन्तिम चारमा पुग्ने तेस्रो टिम बनेको हो । निर्धारित ९० मिनेटको खेलमा २–२ को बराबरी भएपछि पेनाल्टी सुटआउटमा सशस्त्र प्रहरी४–२ ले पराजित भएको हो । भूकम्पपीडितका लागि राहत संकलन गर्न रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको अन्तिम…

Read More

नेशनल मेडिकल कलेजद्वारा आयोजित महाभुकम्प स्मृति फुटबल खेल सम्पन

0

वीरगंज ,१९ जेष्ठ। नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगंजले गत जेष्ठ ८ गतेबाट आयोजना गरेको महाभुकम्प स्मृति फुटबल प्रतियोगिता अन्तर्गत आज भएको फाइनल खेलमा दोलखालाई हराउदै नुवाकोट विजयी भएको छ । महाभुकम्पमा ज्यान गुमाएका नेपालीहरुको स्मृतिमा आयोजना गरिएको फुटबल प्रतियोगिताले चिकित्साशास्त्रमा अध्ययनरत विद्यार्थीहरुमा डिप्रेसनको समेत अन्त्य गर्ने अपेक्षा लिएको छ । भुकम्पबाट प्रभावित नुवाकोट, दोलखा, धादिङ, सिन्धुपाल्चोक, गोर्खा गरि ८ वटा जिल्लाको नामा“करणबाट टिम बनाएर प्रतियोेगिता…

Read More

९२ वर्षको उमेरमा म्याराथन पूरा

0

जेठ  १८ –  अमेरिकाकी एक जना ९२ वर्षकी महिलाले म्याराथन दौड पुरा गरेर विश्व कीर्तिमान कायम गरेकी छन् । ४२ दशमलव १९५ किलोमिटर दौडको दूरी पुरा गर्दै अमेरिकाको नर्थ क्यारोलिनाको सार्लोटकी ९२ वर्षकी हारियत थम्सन विश्वकै सबैभन्दा बढी उमेरमा म्याराथन पुरा गर्ने महिला बनेकी हुन् । आइतबार भएको रक एण्ड रोल म्याराथनमा थम्सनले सहभागिता जनाएर दूरी पुरा गरेकी हुन् । थम्सनले २६ दशमलव २ माइलको…

Read More

तेन्दुलकर, गांगुली र लक्ष्मण बिसिसिआईमा

0

काठमाडौं, जेठ १८ – सचिन तेन्दुलकर, सौरव गांगुली र भिभिएस लक्ष्मण भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) को सल्लाहकार समितिमा बस्ने भएका छन् । बिसिसिआईले ट्वीट गर्दै तेन्दुलकर, गांगुली र लक्ष्मण सल्लाहकार समितिमा सामेल हुने जानकारी दिएको हो ।

Read More

कोपा डेल रे कपको उपाधि बार्सिलोनालाई

0

१७ जेठ, काठमाडौं   ।कोपा डेल रे कपको उपाधि बार्सिलोनाले जितेको छ । आइतवार बिहान भएको उपाधि भिडन्तमा बिल्बाओलाई ३–१ ले पराजित गर्दै बार्सिलोना उपाधि हात पारेको हो । यो बार्सिलोनाको २७ औं कोपा डेल रे उपाधि हो । यससँगै बार्सिलोनाले यो सिजन प्रमुख तीन उपाधि जित्ने सम्भावना कायमै राखेको छ । घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले २० औं मिनेटमा मेस्सीको गोलबाट खाता खोल्यो…

Read More

ला लिगाको उत्कृष्ट ११ सार्वजनिक, अधिकाँश बार्सिलोनाका खेलाडी

0

जेठ १५ – स्पेनको घरेलु फुटबल प्रतियोगिता ला लिगा भर्खरै सकिएको छ । प्रतियोगिताको उपाधी बार्सिलोनाले जितेको छ । प्रतियोगिताको समापन सँगै उत्कृष्ट ११ खेलाडी समेत घोषणा गरिएको छ । प्रतियोगिताभर गरेको प्रदर्शनका आधारमा छनौट गरिएको उत्कृष्ट ११ खेलाडीमा बार्सिलोनाका सर्वाधिक ५ खेलाडी अटाएका छन् । उत्कृट ११ मा ला लिगामा रहेका १९ मध्ये ५ क्लबका खेलाडी मात्र परेका छन् । उत्कृष्ट ११ मा बार्सिलोनाका लियोनन मेस्सी…

Read More

सेभिल्ला बन्यो युरोपा लिग च्याम्पियन

0

१४ जेठ, काठमाडौं । स्पेनिस क्लब सेभिल्लाले लगातार दोस्रो सिजन युरोपा लिग फुटबलको उपाधि जितेको छ । निप्रोलाई ३-२ गोल अन्तरले पराजित गर्दै सेभिल्लाले उपाधि रक्षा गरेको हो । यससँगै सेभिल्ला चार पटक युरो लिगको उपाधि जित्ने पहिलो क्लब बनेको छ । खेलमा अग्रता भने निप्रोेले लिएको थियो । सातौं मिनेटमा कलिजिकले गोल गरे । तर, २८ औं मिनेटमा सेभिल्लाले बराबरी गोल फर्कायो । ३१…

Read More

भ्रष्टाचार आरोपमा फिफाका उपाध्यक्षसहित ७ पदाधिकारी पक्राउ

0

काठमाडौं : विश्व फुटवल महासंघ फिफाका उपाध्यक्ष जेफ्री वेब सहित ७ जना उच्च अधिकारी बुधबार स्वीटजरल्याण्डमा पक्राउ परेका छन्। बुधबार विहान स्वीटजरल्याण्डको प्रहरीले जुरिचको एक होटलबाट उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरुलाई अमेरिका सुपुर्दगी गरिएको छ। बिबिसीका अनुसार पक्राउ पर्नेमा पूर्व उपाध्यक्ष ज्याक वार्नर, कोस्टारिकाका राष्ट्रिय फुटवल प्रमुख इडुवार्दो लि, दक्षिण अमेरकी फुटवलको कार्यकारी निकाय प्रमुख इगेनियो फिगुरेदो, फिफा क्लब समितिका सदस्य जोस मारिया मारिन…

Read More

चेन्नईलाई हराउँदै मुम्बईले जित्यो दोस्रोपटक आइपिएल

0

चेन्नई सुपर किंग्सलाई ४१ रनले पराजित गर्दै मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिगको आठौं संस्करणको उपाधि जितेको छ। यसअघि मुम्बईले सन् २०१३ मा आइपिएल जितेको थियो। टस हारेर ब्याटिङ गरेको रोहित शर्माको कप्तानीमा रहेको मुम्बईले २० ओभरमा २०२ रन बनाएको थियो। २०३ रनको विशाल लक्ष्य पछ्याएको महेन्द्रसिंह धोनी नेतृत्वमा रहेको चेन्नईले २० ओभरमा मात्र १६८ रन बनाउन सक्यो। इनिङको पहिलो ओभरमै रन आउटको रुपमा पार्थिव पटेललाई…

Read More

मेसीलाई जिते रोनाल्डोले

0

जेठ १० – क्रिष्टियानो रोनाल्डोले ५४ खेलमा ६१ गोल गर्दै यो सिजन अन्त्य गरेका छन् । स्पेनिस क्लब रियल मड्रिडका पोर्चुगिज स्टाइकर रोनाल्डाले यो सिजनमा ला लिगामा ४८ गोल गरेका छन् । जुन चिरप्रतिद्धन्द्धी बार्सिलोनाका अर्जेन्टिनी स्टाइकर लियोनेल मेसीको भन्दा पाँच गोल बढी हो । मेसीले यो सिजनमा ला लिगामा ४३ गोल गरेका छन् । मेसीले यो सिजनामा अहिलेसम्म समग्रमा ५६ गोल गरेका छन् ।…

Read More