Browsing: खेल

महिला विश्वकप क्रिकेटको उपाधी इग्लैण्डलाई

0

वीरगंज, ९ साउन । भारतमाथि ९ रनको रोमाञ्चक जित हात पार्दै इंग्ल्याण्डले महिला विश्वकप क्रिकेटको उपाधि जितेको छ । इंग्ल्याण्डले प्रस्तुत गरेको २२९ रनको लक्ष्य पछ्याएको भारतीय टिम ४८.४ ओभरमा २१९ रनमा समेटियो । एक समय भारत जित नजिक देखिएको थियो । ४३ औं ओभरमा ३ विकेट गुमाएर १९१ रन बनाएको थियो । तर, थप २० रन जोड्दा अलआउट भयो । भारतकी पुनम राउतले ८६…

Read More

एएफसी २३ वर्षमुनिको च्याम्पियनसिप छनोट, आज नेपाल उज्वेकिस्तानसंग भिडने

0

वीरगंज साउन २ । एएफसी २३ वर्षमुनिको च्याम्पियनसिप छनोट चरण अन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेल उज्वेकिस्तानसँग खेल्दैछ । युएईको अल अइनस्थित ताहानोनविन मोहम्मद स्टेडियममा नेपाली समयअनुसार बेलुका सवा ८ बजे खेल शुरु हुनेछ । नेपाललाई अघिल्लो चरण प्रवेशका लागि पनि उज्वेकिस्तानलाई हराउनै पर्ने दबाब छ । तर शनिबार भएको पहिल्लो खेलमा युइर्एसँगको ५–० गोलको फराकिलो अन्तरको हारले छनोट हुने सम्भावना न्यून बनेको छ ।…

Read More

संदीपको कप्तानीमा यु–१९ विश्वकपको १४ सदस्य नेपाली टोलिको घोषणा

0

वीरगंज, असार ३० । आईसीसी यू–१९ विश्वकप छनोट खेल्न सन्दिप लामिछानेको कप्तानीमा १४ सदस्यीय नेपाली टोलिको घोषणा भएको छ । भारतमा पाँच अभ्यास म्याच खेलेपछि नेपाली टोलीको घोषणा भएको हो । टोलीमा दिपेन्द्र सिंह ऐरी, आशिफ शेख, सन्दिप सुनार, प्रकाश केसी, अनिलकुमार साह र पवन सर्राफ छन् । यस्तै रोहितकुमार पौडेल, ललित नारायण राजबंशी, प्रनित थापा मगर, आदिल खान, किशोर महतो, रिजान ढकाल र शाहव…

Read More

रियल मड्रिडको शानदार प्रदर्शन, इस्पानियोललाई २-० ले हरायो

0

काठमाडौं, ३ असोज — स्पेनिस ला लिगाको सोमवार बिहान सम्पन्न खेलमा रियल मड्रिडले इस्पानियोललाई २-० ले हराएको छ । यो जीतसँगै मड्रिडले ला लिगामा लगातार १६ खेल जित्ने बार्सिलोनाको कीर्तिमानको बराबरी गरेको छ । अनि यो जीतले मड्रिडलाई १२ अंकका साथ अंकतालिकाको शीर्ष स्थानमा समेत पु-याएको छ । मड्रिडका लागि हामेस रोड्रिगेजले पहिलो हाफको थपिएको समयमा गोल गर्दै अग्रता दिलाए । गोलपोस्टबाट ३० यार्डको दूरीमा टोनी…

Read More

किंग्स इलाभेन पञ्जावले मिलरलाई कप्तानबाट हटायो

0

काठमाडौं १९ वैशाख  – डेबिड मिलरलाई किंग्स इलाभेन पञ्जावले कप्तानबाट हटाएको छ । जारी इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा खेलेका ६ मध्ये ५ खेल हारेको पञ्जावले मिलरलाई हटाएर मुरली विजयलाई कप्तान बनाएको हो । कप्तानबाट हटेपनि मिलर पञ्जावको टिममा भने रहने छन् । मिलर सन् २०११ देखि पञ्जावको सदस्य छन् । उनले जारी आइपिएलका ६ खेलमा मात्र ७६ रन बनाएका छन् । दक्षिणी अफ्रिकी क्रिकेटर…

Read More

वीरगंजमा वीरगंज क्रश कन्ट्री दौड प्रतियोगिता सम्पन्न

0

वीरगंज,३ बैशाख  । पर्सा जिल्ला एथलेटिक्स संघको आयोजनामा आज वीरगंजमा वीरगंज क्रश कन्ट्री दौड प्रतियोगिता सम्पन्न भएको छ । बरिष्ठ एथलेटिक्स प्रशिक्षक अमिरी यादवको सभापतित्वमा सम्पन्न दौड प्रतियोगितामा आजाद मुखिया प्रथम, रमेश कुशवाहा दोस्रो र मेवालाल साह तेस्रो स्थान हासिल गरेका थिए । हिमालयन डिसलरीका प्रबन्ध निर्देशक उदय भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न दौड प्रतियोगितामा नेपाल खेलकुद महासंघ पर्साका अध्यक्ष एवं जिल्ला खेलकुद बिकास समितीका उपाध्यक्ष दिपक…

Read More

​ वेस्ट इन्डिजलाई टी २० विश्वकपको उपाधि

0

काठमाडौँ,२२ चैत्र । कार्लोस् ब्राथव्हाइटले अन्तिम चार बलमा लगातार चार छक्का हानेपछि वेष्टइण्डिजले २०१६ को टी-ट्वान्टी उपाधि जितेको छ। भारतमा जारी विश्वकपको उपाधि जित्ने क्रममा वेष्टइण्डिजले इंल्याण्डलाई ४ विकेटले हरायो। अन्तिम ओभरमा १९ रन आवश्यक रहेको वेष्टइण्डिजका लागि ब्राथव्हाइटले वेन स्टोक्सको बलमा लगातार छक्का हानेपछि २ बल बाँकि छँदै उपाधि जितेको हो। उसका लागि मार्लोन स्यामुल्सले नटआउट ८५ रन बनाए। ६६ बल खेलेका उनले ९ चौका र २ छक्का…

Read More

म्यानचेस्टर सिटी विजयी, एथ्लेटिको मड्रिड बराबरीमा रोकियो

0

एजेन्सी १३ फागुन  – च्याम्पियन्स लिग फुटबलको प्रिक्वाटरफाइलनको पहिलो लेगमा म्यानचेस्टर सिटी विजयी भएको छ । बुधबार राति भएको खेलमा युक्रेनको क्लब डाइनामो किएभलाई म्यानचेस्टर सिटीले ३–१ ले हराएको हो । किएभको मैदानमा भएको खेलमा सिटीलाई जिताउन सर्जियो अग्युरो, डेभिड सिल्भा र याया टुरेले गोल गरे । किएभका लागि भाइटली बायल्स्कीले एक गोल फर्काए ।१५ औं मिनेटमा अग्युरोले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए । ४० औं…

Read More

भारतले बंगलादेशलाई ४५ रनले हरायो

0

एजेन्सी फागुन १३ – बंगलादेशमा चलिरहेको एसिया कप ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा भारतले विजयी सुरुवात गरेको छ । बुधबार राति ढाकामा भएको खेलाको भारतले आयोजक बंगलादेशलाई ४५ रनले हरायो । भारतले प्रस्तुत गरेको एक सय ६७ रनको लक्ष्य पछ्याएको बंगलादेशले पूरै ओभर खेल्दै सात विकेट गुमाएर एक सय २१ रन मात्र बनाउन सक्यो । बंगलादेशका लागि सब्बिर रहमानले ४४, मुसाफिकर रहिमले नटआउट १६, तस्किन अहमदले नटआउट १५ तथा…

Read More

साग पुरुष फुटबलः२३ वर्षपछि नेपाललाई साग फुटबलमा स्वर्ण भारतविरुद्ध नेपाल २–१ ले विजयी

0

वीरगञ्ज, ३ फागुन। एक सून्यले पछि परेको स्थिति उल्टाउँदै नेपालले २३ वर्षपछि १२ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष फुटबलको उपाधि जितेको छ। भारतको गुवाहाटीस्थित इन्दिरा गान्धी रंगशालामा सोमवार भएको साग पुरुष फुटबलको फाइनलमा नेपालले चिरप्रतिद्वन्द्वी आयोजक राष्ट्र भारतलाई २-१ गोल अन्तरले पराजित गरेको हो। भारतले खेलको ३२ औैं पेनाल्टीमार्फत गोल गर्दै सुरुवाती अग्रता लिएको थियो। तर खेलको ६५ औँ मिनेटमा नेपालका लागि प्रकाश बुढाथोकीले…

Read More