Browsing: राजनीति

नामको जिम्मा प्रदेश सभालाई, सीमाको जिम्मा आयोगलाई : दलहरु सहमतिनजिक

0

काठमाडौँ २३ जेठ: प्रमुख तीन राजनीतिक दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान निर्माणको विषयमा भइरहेको प्रगतिका बारेमा संविधानसभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दललाई जानकारी गराएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा प्रमुख चार राजनीतिक शक्तिकाबीचमा हालसम्म संविधान निर्माणका विषयमा भइरहेको प्रगतिका बारेमा जानकारी गराइएको हो। प्रमुख चार राजनीतिक शक्तिले संविधानको प्रमुख विवादित विषयको रुपमा रहेको राज्य पुनःसंरचनाका विषयमा सहमति नजिक पुगेको बताइरहेका बेला…

Read More

यस्तो रहेछ ओली बलियो र कोइराला कमजोर बन्नुको कारण

0

काठमाडौं,जेठ २२ । दुईतिहाई बहुमतको सरकार भएकाले संविधान नबन्दासम्म र बनिसकेपछि राष्ट्रपतिको कुर्सी कब्जा गर्ने बेलासम्म बालुवाटार छाड्नुपर्दैन भन्ने आन्तरिक बुझाइमा रहेका प्रधानमन्त्री सुशील कोइराला आजभोलि तनावमा छन् । भूकम्पपछिको विपत् व्यवस्थापनमा सरकारी संयन्त्रमा देखिएको कमजोर उपस्थितिले हायलकायल भएका प्रधानमन्त्री कोइरालाका अगाडि पद नै धरापमा पर्ने राजनीतिक चुनौती पनि आएको छ । राजनीतिक मामलाका जानकारहरू भन्छन्, अहिले प्रधानमन्त्री कोइराला कमजोर र एमाले अध्यक्ष केपी ओली…

Read More

क्रियाशिल सदस्यता नविकरण गर्ने निर्णय

0

वीरगंज, जेठ २१÷ नेपाली काङ्ग्रेस, पर्साको हिजो सम्पन्न बैठकले पार्टीको क्रियाशील सदस्य नवीकरण गर्ने निर्णय गरेको छ । स्थानीय होटल मकालुमा सम्पन्न बैठकले क्षेत्रबाट प्राप्त क्रियाशिल सदस्यहरुको नवीकरण गर्ने र क्रियाशिल सदस्यताको सूची पठाउन बाूकी रहेका क्षेत्रीय सभापतिहरुलाई अबिलम्ब सूची पठाउन ताकेता गर्ने निर्णय भएको नेका पर्साका बीरगंज नगर कार्यसमितीका सभापति महमद सहाबुद्धिनले बताउनु भयो ।  बैठक पार्टी सभापति सुरेन्द्रप्रसाद चौधरीको अध्यक्ष्ँतामा बसेको थियो ।…

Read More

पटेल क्षेत्रिय संयोजक चयन

0

वीरगंज, जेठ २१÷  राष्ट्रिय मधेस समाजवादी पार्टी, पर्सा क्षेत्र नं. ५ को संयोजकमा धर्मेन्द्र पटेल चयन हुनु भएको छ ।  पार्टी अध्यक्ष प्रेमबाबू पटेलले विज्ञप्ति प्रकाशित गर्दै पटेललाई क्षेत्रीय अध्यक्षको संयोजक चयन गरेको र सो क्षेत्रमा पार्टीको एकाइ, वर्गीय सड्डठन, युवा समिति, महिला तथा दलित समिति गठनको जिम्मेवारी दिएको बताउनु भएको

Read More

जस्ताकाण्डपछि अर्थमन्त्रीका पिएले दिए राजीनामा

0

जेठ १८,काठमाडौं: अर्थमन्त्री डा. रामशरण महतका पीए रमेश महतले राजीनामा दिएका छन्। राहतमा आएको जस्तापाता बिक्रीको आरोप खेपेका महतले न्यायिक छानबिनको माग गर्दै राजीनामा दिएका हुन्। उनी अर्थमन्त्री महतका भतिज समेत हुन्। भूकम्प गएपछि लगातार राहत र पुनर्निर्माणमा जुटेको थिएँ। अनावश्यक रुपमा म र राष्ट्रिय व्यक्तित्व बनाउनुभएको अर्थमन्त्रीज्यूलाई समेत मुछ्ने काम भयो,’ उनले पहिलोपोस्टसँग भने, ‘मैले यो घट्नाको निष्पक्ष छानबिन होस् भन्नका लागि राजीनामा दिएको…

Read More

३ सय बण्डल जस्ता काण्डबारे सोध्दा अर्थमन्त्रीका ‘पीए’ ले पत्रकार कुटे

0

१७ जेठ, काठमाडौं । नुवाकोटमा भएको ३ सय बण्डल जस्ता काण्डका मुख्य अभियुक्त ठानिएका अर्थमन्त्री डा‍ रामशरण महतका स्वकिय सचिव ‘पीए’ रमेश महतले प्रस्न सोध्ने पत्रकारलाई नै कुटपीट गरेका छन् । राहतको जस्तपाता बेचेर खान खोजेको आरोपको स्पष्टिकरण दिन भृकुटीमण्डपमा पत्रकार सम्मेलन गरेका महतले आफुले जिल्ला प्रशासन तथा गाविसको समन्वयमा राहत बाँडेको बताएका थिए । लगत्तै पत्रकारले आफुसँग गाविस सचिव तथा सिडिओसँग अनुमति नलिएको भन्ने…

Read More

रा॰म॰स॰पा पर्साका नगर अध्यक्ष राजुदिन बाबु फोरम नेपाल पार्टी प्रवेश

0

वीरगंज, १६ जेठ÷मधेसी जनअधिकार फोरम नेपाल पर्साको अयोजनमा आज होटल कुमु पैलेसमा पार्टी प्रवेश कार्यक्रम भएको छ । पार्टी प्रबेश कार्यक्रममा राष्टिय मधेस समाजवादी  पार्टी पर्साका नगर अध्यक्ष राजुदिन बाबु समेतका व्यक्तिलाई फोरम नेपालका उपाध्यक्ष एवं सभासद लालबाबु राउत गद्दीले अबिर टिका लगाएर पार्टी भित्र स्वागत गरेका थिए । उपाध्यक्ष एवं सभासद् गद्दीले मधेसी मुद्दालाई बलियो बनाउन युवाहरुको सक्रिय भूमिका हुने हुदा युवा जमातको पार्टी…

Read More

भुकम्पको महाविपत्ति पछि राष्ट्रिय एकताको खाचो: सभासद अमात्य

0

वीरगंज १५ जेष्ठ । पर्सा क्षेत्र नं. १ का सभासद एवं नेपाली कांग्रेसका नेता राजेन्द्र बहादुर अमात्यले भूकम्पको महाविपत्तिपछि राष्ट्रिय एकताको खाचो रहेको बताउदै संविधान निर्माण्ँ र भूकम्पद्वारा सिर्जित परिस्थितिको सामना गर्न सबै एकबद्ध हुनु पर्ने कुरामा जोड दिनु भयो । पर्साको सिर्सियामा आज नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ द्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभासद अमात्यले मुलुकको नवनिर्माण्ँ र पुननिर्माण्ँको महाअभियान सञ्चालन गर्ने पार्टी…

Read More

यस वर्ष गणतन्त्र दिवस नमनाउने सरकारको निर्णय

0

काठमाडौं : सरकारले यो वर्ष गणतन्त्र दिवस नमनाउने निर्णय गरेको छ। हरेक वर्ष जेठ १५ गते मनाउँदै आएको गणतन्त्र दिवस यस वर्ष भूकम्पको विपत्तिका कारण नमनाउने निर्णय बिहीबार बसेको मन्त्रीपरिषद बैठकले गरेको हो। २०६५ सालमा संविधानसभाको पहिलो बैठकले नेपाललाई गणतन्त्रामूलक राज्य घोषणा गरेपछि त्यस दिनलाई गणतन्त्र दिवसको रुपम मनाउँदै आइएको थियो। गणतन्त्र दिवसको दिन सरकारले सैनिक मञ्च टुँडीखेलमा विशेष कार्यक्रम गर्थ्यो भने जिल्ला जिल्लामा सरकारी…

Read More

माइक्रोबसको ठक्करबाट सभासद घाइते

0

सप्तरी, जेठ १४ – नेकपा एमालेका स्थायी समिति सदस्य तथा सभासद सत्यनारायण मण्डल माइक्रोबसको ठक्करबाट घाइते हुनुभएको छ । को १ ज १७ २९ नम्बरको माइक्रो बसले सप्तरीको राजविराजमा मण्डललाई ठक्कर दिएको हो । छातीमा चोट लागेका मण्डलको स्थानीय नीजि क्लिनीकमा उपचार भैरहेको छ ।

Read More