Browsing: देश

बेपत्ताविरुद्धको अन्तर्राष्ट्रिय दिवस

0

वीरगंज, १४ भदौ । बेपत्ताविरुद्धको अन्तर्राष्ट्रिय दिवस, आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । बेपत्ता पारिएका व्यक्तिहरुको सम्झनामा प्रत्येक वर्षको अगष्ट ३० तारिख आजका दिन विश्वभर यो दिवस मनाउने गरिएको छ । नेपालमा बेपत्ता पारिएकाको संख्या ३ हजार एकसय १४ रहेको छानबिन आयोगको तथ्यांक भएपनि शान्ति मन्त्रालयसँग भने करिब १५ सय जना बेपत्ता भएको तथ्यांक मात्रै छ ।

Read More

वीरगंजका यातायात व्यवासायिहरुले सडक मर्मतको माँग गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी बिनोद प्रकास सिंहलाई ज्ञापन पत्र बुझाए

0

वीरगंज ९, भदौ  ।वीरगंजका यातायात व्यवासायिहरुले  सडक मर्मतको  माँग गर्दै  पर्साका प्रमुख जिल्ला अधिकारी बिनोद प्रकास सिंहलाई ज्ञापन पत्र बुझाएका छन । क्षेत्रिय उपाध्यक्ष बिनोद कुमार मानन्धरको नेतृत्वमा गएको गएको टोलीले  प्रजिअ सिंह मार्फत प्रधानमन्त्री कार्यालय सिंहदरबार , भौतिक पुर्वाधार एवं यातायात मन्त्रालय लगायत सात ठाँउमा  ज्ञापन पत्र बुझाएका हुन  । ज्ञापन पत्र बुझाउदै क्षेत्रिय उपाध्यक्ष मानन्धरले  सडक मर्मत गर्न सरोकारवाला निकाय  कुनै प्रकारको चिन्ता…

Read More

पत्रकार महासंघको महाधिवेशन आजदेखि सुरु

0

काठमाडौं ४,भदौ । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन आजदेखि सुरु हुँदैछ । ‘व्यवसायिक पत्रकारिताको आधार:  प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौंमा महाधिवेशन सुरु हुन लागेको हो । महाधिवेशनको उदघाटन प्रधानमन्त्री शेरबहादुर देउवाले बिहान १० बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा गर्ने कार्यक्रम तय भएको छ । जिल्ला–जिल्लाबाट महाधिवेशनमा भाग लिनका लागि आएका पत्रकार अहिले महाधिवेशन स्थलमा भेला हुन…

Read More

घूस मागियो ? १०७ मा डायल गर्नुहोस्

0

काठमाडौँ, २ भदौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका विषयमा पीडित पक्षको उजुरी सुन्न शुक्रबारबाट १०७ नम्बरको निःशुल्क (टोलफ्री) टेलिफोन सुविधा उपलब्ध गराउने भएको छ । उजुरीका लागि उपयोग गरिने यो नम्बरका बारेमा सबै सेवाग्राही कार्यालयमा स्टिकर टाँस गरी जानकारी दिइनेछ । आयोगका सचिव राजन खनालले बिहीबार बोर्डको अनावरण गर्नुभयो । उहाँका अनुसार सुरुमा काठमाडौँ उपत्यकामा रहेका मालपोत कार्यालय, उपत्यकाका नगरपालिका कार्यालय, श्रम र यातायात कार्यालयलगायतमा…

Read More

पर्साको सुवर्णपुरमा जंगली हाती आतंक

0

वीरगंज,२  भदौ /पर्साको सुवर्णपुरमा फेरि जंगली हातीले रातभरी आतंक मच्चाएको छ । साबिक सुवर्णपुर गाबिस वार्ड नम्बर ८ र ९ मा गाउँ नजिकै रहेको पर्सा राष्टीय निकुञ्जबाट राती १० बजे नै मानव बस्तीमा प्रवेश गरेको हातीको बथानले सुवर्णपुर गा. बि. स. वडा न. ९ आठघरेका स्थानीय जित पाखृन, शिव पाखृन, कामी लामा, विबलाल पाखृन तोकलाल पाखृनलगाएत एक दर्जनभन्दा बढी स्थानीयहरुले लगाएका २ बिघा भन्दा बढीको तैयारी…

Read More

भारतको ७० औं स्वतन्त्रता दिवस मनाइयो

0

वीरगंज ३१ साउन । भारतको ७० औं स्वतन्त्रता दिवस नेपालमा रहेको भारतीय दुतावासमा पनि मनाइएको छ । स्वतन्त्रा दिवसको अवसरमा आज वीरगंज स्थित भारतीय महावाणिज्य दुतावासले पनि बिभिन्न साँस्कृतिक कार्यक्रम गरी मनाएको छ । बीरगंजस्थित भारतीय महावाणिज्य दुतावासमा आयोजित कार्यक्रममा महावाणिज्य बिसी प्रधानले झण्डोतोलन गर्दै भारतीय राष्ट्रपति रामनाथ कोविन्दले देशको नाममा जारी गर्नु भएको शुभकामना सन्देश पढेर सुनाउनु भएको थियो । कार्यक्रममा बिभिन्न स्कुल र कलेजका बिद्यार्थीहरुले…

Read More

महोत्तरी जेलका कैदीलाई बाढीले समस्या

0

वीरगंज, ३० साउन । महोत्तरी कारागारका कैदी बन्दी दुई दिनदेखि भोकभोकै परेका छन् । कारागार परिसरको कार्यालय र कैदी थुनुवा कक्षमा पाँच फिटभन्दा बढी पानी जमेपछि शनिबारदेखि नै कैदी बन्दीले खाना नपाएका हुन् । रातु र बिगही नदीमा आएको बाढी बाँध भत्काउँदै जलेश्वर नगर पसेसँगै गहिरो ठाउँमा रहेको कारागार परिसरमा पाँच फिट पानी पसेको हो । बाढी कैदी थुनुवा कक्षमा पस्नासाथै आपूmहरुलाई माथिल्लो तलामा सारिए…

Read More

पूर्वपश्चिम महेन्द्र राजमार्ग दुधौरा पुल भासियो, सडक अबरुद्ध

0

वीरगंज,२९ साउन /पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका १ स्थित दुधौरा खोलामा रहेको पुल बाढिले भासिएपछि सडक अबरुद्ध भएको छ । राती साढे ११ बजे दुधौरा खोलामा आएको बाढिका कारण पुलको मध्य भागको पिल्लर भासिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नीरिक्षक गोविन्द कार्कीले जानकारी दिनुभयो ।पुल भासिएपछि खोलाबाट डाइभर्सन बनाएर यातायात सुचारु बनाउने प्रयास भइरहेपनि पानी परिरहेको र खोलामा बाढिको बहाब नघटेकाले समस्या भएको…

Read More

तीन नम्बर पुल निर पहिरो बाटो बन्द

0

वीरगंज,२९ साउन /  काठमाण्डौ जाने बाटो बन्द भएको छ । बाराको तीन नम्बर पुल  र चार नम्बरपुलको बीचमा बडाहाकिम पुल निर पहिरो गएर बाटो बन्द भएको छ ।  मध्यक्षेत्र टाफिक प्रहरी कार्यालय बारा पथलैयाले पहिरोको कारण  बाटो  बन्द  भएको बताएको छ ।

Read More

रौतहटमा गाडी डुबेर गर्भवतीसहित ६ जनाको मृत्यु

0

वीरगंज,२९ साउन /  लगातारको वर्षापछि जलमग्न बनेको रौतहटमा गाडी डुबेर गर्भवतीसहित ६ जनाको मृत्यु भएको छ । प्रसुतीका लागि लौकाहाबाट राजपुर अस्पतालमा जाँँदै गरेको जीप बाढीले बाटो कटान गरेको जानकारी नहुँदा डुबेको हो । राजपुर अस्पतालभन्दा सय मिटरको दुरीमा आज बिहान ३ बजेतिर भारतीय नम्बरको जीप डुब्दा गर्भवती महिलासहित ६ जनाको मृत्यु भएको प्रहरी उपरिक्षक यज्ञविनोद पोखरेलले बताए । मृत्यु हुनेमा चार पुरुष र दुई महिला…

Read More