Browsing: देश

प्रदेश नं. २ मा असोज २ गते सार्वजनिक बिदा

0

वीरगंज, २७ भदौ । सरकारले प्रदेश नम्बर दुईमा असोज २ गते स्थानीय चुनावको दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकले चुनावमा एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । तर, शिक्षण संस्थाहरुमा भने पाँच दिन विदा हुनेछ । विद्यालयहरुमा भदौ ३० गतेदेखि ३ गतेसम्म पाँच दिन विदा दिने निर्णय सरकारले गरेको छ । अधिकांश मतदान केन्द्र विद्यालयहरुमा राखिएकाले ति…

Read More

सिराहाको धनगढीमाई नपामा करेन्ट लागि दुईकोे मृत्यु

0

वीरगंज, २५ भदौ । सिरहामा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा सिरहाको धनगढीमाई नगरपालिका १२ का ४० वर्षका लाटी पुलामी मगरको ज्यान गएको हो । भुइँमा खसेको बिजुलीको तारबाट करेन्ट लागेर मगरको ज्यान गएको प्रहरीले जनाएको छ । त्यसैगरी, लहान नगरपालिका १३ भाेिटयाटोलका ४० वर्षका विष्णु चौधरीको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ । घरमा विजुलीको फ्यूज बनाइ हेको बेला…

Read More

स्थानिय जनप्र्रतिनिधहरुलाई गाडी सुविधा दिने बारे मन्त्रालयमा छलफल

0

वीरगंज, २५ भदौ । सरकारले स्थानीय जनप्रतिनिधिहरुलाई गाडी सुविधा दिने तयारी थालेको छ । स्थानीय विकास मन्त्रालयले स्थानीय तहका जनप्रतिनिधिलाई कसरी कस्तो खालको सवारी सुविधा दिन सकिन्छ भन्नेबारे छलफल थालेको हो । कुन स्थानीय तहका लागि कति गाडी चाहिन्छ भन्ने अध्ययन सुरु भएको मन्त्रालयले जनाएको छ । स्थानीय तहको अवस्थिति, क्षमता, भूगोल, आवश्यता र सेवाग्राहीको चापको आधारमा यो सुविधा दिने योजना मन्त्रालयको छ । निर्वाचन…

Read More

बेपत्ताविरुद्धको अन्तर्राष्ट्रिय दिवस

0

वीरगंज, १४ भदौ । बेपत्ताविरुद्धको अन्तर्राष्ट्रिय दिवस, आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । बेपत्ता पारिएका व्यक्तिहरुको सम्झनामा प्रत्येक वर्षको अगष्ट ३० तारिख आजका दिन विश्वभर यो दिवस मनाउने गरिएको छ । नेपालमा बेपत्ता पारिएकाको संख्या ३ हजार एकसय १४ रहेको छानबिन आयोगको तथ्यांक भएपनि शान्ति मन्त्रालयसँग भने करिब १५ सय जना बेपत्ता भएको तथ्यांक मात्रै छ ।

Read More

वीरगंजका यातायात व्यवासायिहरुले सडक मर्मतको माँग गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी बिनोद प्रकास सिंहलाई ज्ञापन पत्र बुझाए

0

वीरगंज ९, भदौ  ।वीरगंजका यातायात व्यवासायिहरुले  सडक मर्मतको  माँग गर्दै  पर्साका प्रमुख जिल्ला अधिकारी बिनोद प्रकास सिंहलाई ज्ञापन पत्र बुझाएका छन । क्षेत्रिय उपाध्यक्ष बिनोद कुमार मानन्धरको नेतृत्वमा गएको गएको टोलीले  प्रजिअ सिंह मार्फत प्रधानमन्त्री कार्यालय सिंहदरबार , भौतिक पुर्वाधार एवं यातायात मन्त्रालय लगायत सात ठाँउमा  ज्ञापन पत्र बुझाएका हुन  । ज्ञापन पत्र बुझाउदै क्षेत्रिय उपाध्यक्ष मानन्धरले  सडक मर्मत गर्न सरोकारवाला निकाय  कुनै प्रकारको चिन्ता…

Read More

पत्रकार महासंघको महाधिवेशन आजदेखि सुरु

0

काठमाडौं ४,भदौ । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन आजदेखि सुरु हुँदैछ । ‘व्यवसायिक पत्रकारिताको आधार:  प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौंमा महाधिवेशन सुरु हुन लागेको हो । महाधिवेशनको उदघाटन प्रधानमन्त्री शेरबहादुर देउवाले बिहान १० बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा गर्ने कार्यक्रम तय भएको छ । जिल्ला–जिल्लाबाट महाधिवेशनमा भाग लिनका लागि आएका पत्रकार अहिले महाधिवेशन स्थलमा भेला हुन…

Read More

घूस मागियो ? १०७ मा डायल गर्नुहोस्

0

काठमाडौँ, २ भदौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका विषयमा पीडित पक्षको उजुरी सुन्न शुक्रबारबाट १०७ नम्बरको निःशुल्क (टोलफ्री) टेलिफोन सुविधा उपलब्ध गराउने भएको छ । उजुरीका लागि उपयोग गरिने यो नम्बरका बारेमा सबै सेवाग्राही कार्यालयमा स्टिकर टाँस गरी जानकारी दिइनेछ । आयोगका सचिव राजन खनालले बिहीबार बोर्डको अनावरण गर्नुभयो । उहाँका अनुसार सुरुमा काठमाडौँ उपत्यकामा रहेका मालपोत कार्यालय, उपत्यकाका नगरपालिका कार्यालय, श्रम र यातायात कार्यालयलगायतमा…

Read More

पर्साको सुवर्णपुरमा जंगली हाती आतंक

0

वीरगंज,२  भदौ /पर्साको सुवर्णपुरमा फेरि जंगली हातीले रातभरी आतंक मच्चाएको छ । साबिक सुवर्णपुर गाबिस वार्ड नम्बर ८ र ९ मा गाउँ नजिकै रहेको पर्सा राष्टीय निकुञ्जबाट राती १० बजे नै मानव बस्तीमा प्रवेश गरेको हातीको बथानले सुवर्णपुर गा. बि. स. वडा न. ९ आठघरेका स्थानीय जित पाखृन, शिव पाखृन, कामी लामा, विबलाल पाखृन तोकलाल पाखृनलगाएत एक दर्जनभन्दा बढी स्थानीयहरुले लगाएका २ बिघा भन्दा बढीको तैयारी…

Read More

भारतको ७० औं स्वतन्त्रता दिवस मनाइयो

0

वीरगंज ३१ साउन । भारतको ७० औं स्वतन्त्रता दिवस नेपालमा रहेको भारतीय दुतावासमा पनि मनाइएको छ । स्वतन्त्रा दिवसको अवसरमा आज वीरगंज स्थित भारतीय महावाणिज्य दुतावासले पनि बिभिन्न साँस्कृतिक कार्यक्रम गरी मनाएको छ । बीरगंजस्थित भारतीय महावाणिज्य दुतावासमा आयोजित कार्यक्रममा महावाणिज्य बिसी प्रधानले झण्डोतोलन गर्दै भारतीय राष्ट्रपति रामनाथ कोविन्दले देशको नाममा जारी गर्नु भएको शुभकामना सन्देश पढेर सुनाउनु भएको थियो । कार्यक्रममा बिभिन्न स्कुल र कलेजका बिद्यार्थीहरुले…

Read More

महोत्तरी जेलका कैदीलाई बाढीले समस्या

0

वीरगंज, ३० साउन । महोत्तरी कारागारका कैदी बन्दी दुई दिनदेखि भोकभोकै परेका छन् । कारागार परिसरको कार्यालय र कैदी थुनुवा कक्षमा पाँच फिटभन्दा बढी पानी जमेपछि शनिबारदेखि नै कैदी बन्दीले खाना नपाएका हुन् । रातु र बिगही नदीमा आएको बाढी बाँध भत्काउँदै जलेश्वर नगर पसेसँगै गहिरो ठाउँमा रहेको कारागार परिसरमा पाँच फिट पानी पसेको हो । बाढी कैदी थुनुवा कक्षमा पस्नासाथै आपूmहरुलाई माथिल्लो तलामा सारिए…

Read More