Browsing: बजार

मन्त्रिपरिषदको बिस्तार आचार संहिता विपरित–आयोग

0

वीरगंज, २७ भदौ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू भइरहेको र सरकारलाई त्यसको पालना गर्न र गराउन सातबुँदे निर्देशन दिइसकिएको अवस्थामा निर्देशन विपरीत मन्त्रिपरिषद्को विस्तार गरेको भनी असन्तोष व्यक्त गरेको छ । आयोगले हिजो प्रेस विज्ञप्ति जारी गरी मन्त्रिपरिषद् विस्तारले स्वच्छ, स्वतन्त्र र निष्पक्ष चुनावमा असर पर्न सक्ने जनाउँदै त्यस किसिमको कार्य नगर्नरनगराउन सरकारसँग आग्रह गरेको छ । निर्वाचन आचारसंहिता लागू भइरहेको अवस्थामा तीन मन्त्री…

Read More

चीनको गुआङदोङमा नेपाली महावाणिज्य दूतावास कार्यालयको उदघाटन

0

वीरगंज, २५ भदौ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले चीनको गुआङदोङमा नेपाली महावाणिज्य दूतावास कार्यालयको उदघाटन गरेका छन् । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री महराले आज गुआङदोङमा आयोजना गरिएको एक विशेष कार्यक्रममलाई सम्बोधन गर्दै नेपालको कार्यालय खोल्न सहयोग गरेकोमा चीन सरकार र गुआङदोङको प्रान्तीय सरकारलाई धन्यवाद दिए । मन्त्री महराले यो नियोग चीनस्थित नेपालको चौथो कूटनीतिक नियोग भएको उल्लेख गर्दै नेपाल–चीनबीचको द्विपक्षीय सम्बन्धलाई यसले थप सबल…

Read More

रिलिफ र लायन्सको आयोजनामा वीरगंजमा रक्तदान

0

वीरगंज, १७ भदौ । रिलिफ सोसाइटी अफ कमर्श र लायन्स क्लब अफ वीरगंजको आयोजनामा वीरगंजकोे राणीसति अतिथी सदनमा संचालित रक्तदान कार्यक्रममा ३ महिलासहित २५ जनाले रक्तदान गरिसक्नुभएको छ । लायन्सका अनुप अग्रवालको अध्यक्षता तथा डिष्टीक गर्भनर मधुशुदन शर्माको प्रमुख आतिथ्यमा भैरहेको रक्तदानमा महावाणिज्यदुत भीसी प्रधान, विमल, अनुप अग्र्रवाल रोशनी क्षेत्री, श्रृति चौरसिया, कृष्णा देवकोटा, सन्देशनाथ ठाकुर, अमर झालगायतले रक्तदान गरिसक्नुभएको छ ।

Read More

नेपालको लोडसेडिङ ‘हटाउन’ भारतले थप बिजुली दिने, देउवा र मोदीले ‘स्वीच थिच्ने’

0

नयाँ दिल्ली ८ भदौ– नेपालमा आगामी हिउँदको समयमा हुने लोडसेडिङ अन्त्य गर्न भारतले दिने भनिएको १ सय ८० मेगावाट विद्युत नेपाल लैजान दुई देशबीच अन्तरदेशीय प्रशारण लाइनको बिहीवार उद्घाटन हुँदैछ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले बिहीवार दिउँसो सवा १ बजे रिमोट मार्फत हैदरावाद हाउसबाट कटैया–कुशवा र रक्सौल–परवानीपुर प्रशारण लाइनको उद्घाटन गर्ने कार्यक्रम रहेको दिल्ली स्थित नेपाली दूतावास स्रोतले जनाएको छ ।…

Read More

सुन, गाडी र युवक राजस्व चलान

0

वीरगंज, ३० साउन । जिल्ला प्रहरी कार्यालय मकवानपुरले एककिलो सुनसहित एकजना युवकलाई पक्राउ गरेको छ । मकवानपुर प्रहरीका प्रवक्ता वामदेव गौत्तमले बा १२ च ६७९० नम्बरको गाडीमा सवार लहान नपा ८ बस्ने २६ वर्षिय नन्दकिशोर महतोलाई एककिलो सुनसहित पक्राउ गरिएको हो । पक्राउ परेको सुन, युवक र गाडीलाई आवश्यक कार्यवाहीको लागि राजस्व विभाग मध्यमाञ्चल इकाई पथलैया बारा पठाइएको प्रवक्ता गौत्तमले बताए ।

Read More

निर्वाचन बारे राजपामा आज निर्णय हुने

0

वीरगंज २२ साउन । राष्ट्रिय जनता पार्टी नेपाल आगामी असोज २ गते प्रदेश नं २ मा हुने स्थानीय तहको निर्वाचनमा सहभागी जनाउने वा नजनाउनेबारे निर्णय गर्न सकेको छैन । चार दिनदेखि चलेको बैठकमा यसै विषयमा छलफल भएपनि हिजोसम्म टुंगो लागेको छैन । आजदेखि शुरु हुने केन्द्रीय समितिको बैठकबाट भने टुङ्गो लाग्ने नेताहरुले बताएका छन् । यसअघि हिजोसम्मको बैठकमा निर्वाचनमा सहभागितासँगै, पार्टीको विधान, राजनीतिक प्रतिवेदनलगायत विषयमा…

Read More

वीरगंज बसपार्कमा २ घण्टा बससेवा ठप्प

0

वीरगंज, १७ साउन । वीरगंजकोे सडक मर्मतकोे माग गर्दै संयुक्त टाटा सुमो कर्मचारी संघ पर्साले आज बीरगंजबाट संचालित सेवाहरु दुई घण्टा ठप्प पारेकोे थियो । बिहानदेखी सेवा ठप्प पारेकोमा पछि सहमतिमा २ घण्टापछि सेवा सुचारु भएको हो । यातायात व्यावसायीहरुले खाल्डाखुल्डी सडकममा सवारी संचालन गर्दा दुर्घटना हुने र सवारीका साधनले पनि मर्मत सम्भाारमा बढी खर्च व्यवहोर्नु परेको भन्दै सातदिने ज्ञापन दिएका र ज्ञापनबारे सुनवाइ नभएपछि…

Read More

भारत रक्सौलमा ब्राउन सुगरसहित दुई नेपाली पक्राउ

0

वीरगंज, साउन ४ । भारतीय सीमा सुरक्षा बल एसएसपीले सिमावर्ती क्षेत्र भारतको रक्सौलको पन्टोकाबाट ब्राउन सुगरसहित दुई नेपालीलाई पक्राउ गरेको समाचार छ । एसएसपी सोम केरीङ्गको नेतृत्वमा खटेको टोलीले भारतबाट नेपाल भित्राउने क्रममा करिब डेढसय ग्राम ब्राउन सुगर वीरगंज छपकैया १ निवासी दिपक दास र जैनुदिन अंसारीलाई पक्राउ गरेको भारतीय प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई थप अनुसन्धानको लागि रक्सौलमा राखिएको प्रहरीले जनाएको छ ।

Read More

पर्सामा शिक्षकहरुले सांसदलाई सम्मान गरे

0

वीरगंज, असार ३० । पर्साका सामुदायिक बिद्यालका शिक्षकहरुले सांसद बिचारीप्रसाद यादवलाई सम्मान गरेका छन । नेपाल पत्रकार महासंघ पर्साशाखाको सभाहलमा आयोजित कार्यक्रममा सांसद यादवलाई सम्मान गरिएको हो । सांसद यादवले पर्सा क्षेत्र नं. २ मा सवैभन्दा बढी शिक्षामा बजेट बिनियोजन गरेको तथा सामुदायिक बिद्यालयको बिकासमा बिशेष योगदान पुरयाएको भन्दै सांसद यादवलाई सम्मानित गरिएको सुरजी देवीका प्रअ अनिल वर्णवालले जानकारी दिनुभयो । कार्यक्रममा सांसद यादवले आफुले…

Read More

बीरगन्जको जैन धर्मशालामा दुई दिने शैक्षिक मेला आज बाट शुरु हुदै

0

वीरगंज, २७असार । वीरगंजमा यही असार २७ र २८ गते दुई दिने शैक्षिक मेलाको आयोजना गरिन लागिएको छ । विजनश प्लस टेलिभिजनको आयोजना तथा माउण्टेन टेलिभिजन र भक्तीदर्शनको सह आयोजनामा नेपाल एजुकेशन फेयर तथा शैक्षिक नीति बहस कार्यक्रम-२०१७ अन्तर्गत मेलाको आयोजना गर्न लागिएको नेपाल एजुकेशन फेयरका प्रमुख कार्यकारी अधिकृत डम्बर शाहुले सोमवार वीरगंजमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो । देश विकेन्द्रीकरण तर्फ उन्मुख रहेको…

Read More