Browsing: विदेश

मेरील्याण्ड प्रान्तमा रहेको पत्रिका कार्यालयमा आक्रमण ५ जनाको ज्यान गएको, ३ घाइते

0

वीरगंज अषाढ १५ अमेरीकाको मेरील्याण्ड प्रान्तमा रहेको एउटा पत्रिका कार्यालयमा आक्रमण भएको छ । आक्रमणमा ५ जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । मेरिल्याण्डमा रहेको स्थानीय पत्रिकाको कार्यालयमा बन्दुकधारीले जथाभावि गोली चलाएको हो । बन्दुकधारीले समाचार कक्षलाई लक्षित गरी गोली चलाएका प्रत्यक्षदर्शीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । स्थानीय प्रहरीका अनुसार आक्रमणमा संलग्न एक बन्दुकधारीले घटना पछि आत्मसमर्पण गरेका छन् ।…

Read More

भारतको मुम्बईमा चार्टर गरिएको विमान दुर्घटना हुँदा पाँचजनाको मृत्यु

0

वीरगंज अषाढ १४ भारतको मुम्बईमा बिहीबार दिउँसो एक चार्टर गरिएको विमान दुर्घटना हुँदा कम्तीमा पाँचजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा चारजना विमानमा सवार र एकजना जमिनमा रहेका व्यक्ति परेका त्यहाँका अधिकारीहरुले जनाएका छन् ।विमान पूर्वी मुम्बईको आवासीय क्षेत्र घट्कोपारमा निर्माणाधीन भवनमा दुर्घटनाग्रस्त भएको हो ।विमान अवतरण गर्न पाइलटले प्रयास गर्दैगर्दा दुर्घटना भएको प्रारम्भिक रिपोर्टमा जनाइएको छ ।उक्त विमान उत्तर प्रदेश सरकारले सन् २०१४ मा एकजना…

Read More

इरानमा मूल्यवृद्धि र मुद्राको अवमुल्यनको विरोधमा विशाल प्रदर्शन

0

वीरगंज अषाढ १२ इरानमा मूल्यवृद्धि र मुद्राको अवमुल्यनको विरोधमा विशाल प्रदर्शन भएको छ ।राजधानी तेहेरानमा पसलहरु बन्द गरिएका छन् भने हजारौं मानिस प्रदर्शनमा सहभागि भएका छन् । सन् २०१२ यताको यो सबैभन्दा ठूलो विरोध प्रदर्शन भएको बताइएको छ ।संसद् भवन अगाडि बढिरहेका प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ ।आणविक कार्यक्रमलाई लिएर अन्तर्रा्ष्ट्रिय समुदायले लगाएको प्रतिबन्धका कारण इरानको आर्थिक अवस्था नराम्ररी प्रभावित भएको…

Read More

भारतको आसाममा ५।१ म्याग्निच्यूडको भूकम्प

0

वीरगंज जेष्ठ २८ भारतको उत्तरपूूर्वी राज्य आसाममा सोमबार भूकम्प गएको छ । सो भूकम्प ५।१ म्याग्निच्यूडको रहेको अधिकारीले जानकारी दिएका छन् ।स्थानीय समयानुसार बिहान १०ः३० बजे भूकम्प गएको सो भूकम्पबाट प्रान्तीय राजधानी सहर आसामको दिसपुरबाट ११४ किलोमटिर पूर्वी क्षेत्र बढी प्रभावित भएको थियो ।तर, आसाम राज्यभर नै सो भूकम्पको कम्पन महसुस गरिएको बताइएको छ ।सो भूकम्पबाट हालसम्म मानवीय तथा भौतिक क्षतिको भने कुनै विवरण प्राप्त…

Read More

भारतीय वायुसेनाको जहाज दुर्घटनाग्रस्त

0

बिरगंज जेष्ठ २२ गुजरातको कच्छमा आज भारतीय वायुसेनाको जगुआर एयरक्राफ्ट दुर्घटनाग्रस्त भएको छ। यस दुर्घटनामा एयर कमाडोर दर्जाका अधिकृत सञ्जय चौहानले ज्यान गुमाएका छन् । यो एयरक्राफ्टले नियमित तालिमका लागि जामनगरबाट उडान भरेको थियो । दुर्घटनाको कारण पत्ता लगाउन कोर्ट अफ इन्क्वाइरी गठन गरिएको छ । समाचार एजेन्सीले भारतीय वायुसेनाको सूत्रलाई उधृत गर्दै जनाए अनुसार जगुआर एयरक्राफ्टले बिहान साढे १० बजे जमानगरबाट उडान भरेको थियो…

Read More

म्यानमारका रोहिंग्या मुस्लिम बिद्रोहीद्धारा आजदेखी एकमहिने युद्धविराम घोषणा

0

वीरगंज, २५ भदौ । म्यानमारका रोहिंग्या मुस्लिम बिद्रोहीले एक महिनाका लागि युद्धविराम घोषणा गरेका छन् । सरकारी सेनाको कारवाहीका कारण उत्पन्न भएको मानवीय संकटको अवस्थाबाट बाहिर निस्कनका लागि रोहिंग्या बिद्रोही समूह अर्साले एक महिनाका लागि युद्धविरामको घोषणा गरेको छ । युद्धविराम आजदेखि लागु हुनेछ । अर्साले गएको अगस्ट २५ मा प्रहरीमाथि आक्रमण गरेपछि म्यानमारको राखिने राज्यमा तनाव बढेको छ त्यसयता सेनाले राखिने क्षेत्रमा कारवाही अभियान…

Read More

डोक्लाम विवादपछि चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीबीच भेटवार्ता

0

वीरगंज, २१ भदौ । डोक्लाम विवादपछि पहिलोपटक चिनियाँ राष्ट्रपति शी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । ब्रिक्स सम्मेलनको क्रममा उनीहरुबीच भेटवार्ता भएको हो ।भारतीय विदेश मन्त्रालयका अनुसार उनीहरुबीच करिब एक घण्टा भेटवार्ता भएको छ । सो भेटमा शी जिनपिङ र नरेन्द्र मोदी दुबै सीमा क्षेत्रमा शान्ति कायम राख्न र मिलेर अघि बढ्न सहमत भएका छन् ।वहाँहरुबीच ब्रिक्स सम्मेलनका मुद्दाबारे पनि छलफल…

Read More

केन्याको सर्वाेच्च अदालतद्धारा राष्टपतिय चुनाव रद्द

0

वीरगंज, १७ भदौ । अफ्रिकी देश केन्याको सर्वोच्च अदालतले गएको महिना भएको राष्ट्रपतीय चुनाव रद्द गरेको छ । चुनावमा अनियमितता भएको पुष्टि भएको भन्दै सर्वोच्च अदालतले गएको अगस्ट ८ मा भएको चुनाव रद्द गर्दै अबको ६० दिनभित्र फेरि चुनाव गर्न आदेश दिएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डेविड मारागाले अगस्ट ८ मा भएको चुनाव संविधान अनुसार नगराइएको बताउँदै त्यसलाई अमान्य घोषणा गर्नुभएको हो । चुनावमा…

Read More

बार्सिलोना हमलाका प्रत्यक्षदर्शी नेपाली भन्छन् – बाँच्ने आशै मारेका थियौ

0

वीरगंज,२ भदौ / बार्सिलोनामा बिहिबार साँझ भएको हमलामा स्पेनका पुलिसले दुई संदिग्धलाई सोधपुछ गरिरहेको छ ।कम्तीमा १३ जनाको मृत्यु र सयभन्दा बढि घाइते रहेका उक्त हमलापछि पुलिसले एक संदिग्धको नाम सार्वजनिक गरेको थियो जसपश्चात्, एक व्यक्तिले पुलिससामू आत्मसमर्पण गरेका थिए । पुलिस अधिकारीले दुई संदिग्धमध्ये एक स्पेनका र अर्का मोरोक्कोका नागरिक भएको बताएको बताएको छ ।यद्यपी, यी दुबै घटनाका बेला भ्यानभित्र नभएको बताइएको छ ।…

Read More

चीनमा ६.५ म्याग्नेच्युडको भूकम्प

0

वीरगंज साउन २५ । चीनमा ६.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा १ सय जनाकाे मृत्यु भएकाे छ ।२१ जना गम्भिर बिरामी भएका छन् । १३ लाख घरहरु ध्वस्त भएका छन् । सिचुआन प्रान्तदेखि ६६ किलोमिटर टाढा याङ्ले वरपर केन्द्रविन्दु बनाए भूकम्प गएको हो । अमेरिकी भूगर्भ विभागले चीनमा ६.५ को शक्तिशाली भूकम्पको झड्दा महसुस गरिएको जनाएको छ ।

Read More