Browsing: शिक्षा-स्वास्थय

जेसीज सप्ताहको छैटो दिन नारायणी उपक्षेत्रिय अस्पतालमा स्वास्थ्य समाग्री बितरण

0

वीरगंज, बैशाख ६ वीरगंज जेसीजको साताव्यापी कार्यक्रम अन्र्तगत आज छैठो दिन नारायणी उपक्षेत्रिय अस्पतालमा स्वास्थ समाग्री तथा जन्मदर्ता प्रमाणपत्र बितरण गरिएको छ । वीरगंज जेसीजका अध्यक्ष दिलिप ढुङ्गेलले नारायणी उपक्षेत्रिय अस्पताल बिकास समितीका अध्यक्ष बिनोद गुप्तालाइ थर्मोमिटर,प्लस मिटर,नेमुलाइजर र पाँच हजार थान जन्मदर्ता प्रमाणपत्र हस्तान्तरण गर्नुभएका थियो । कार्यक्रममा प्रमुख अतिथी पुर्व अध्यक्ष उषा साह, अतिथीहरु पुर्व अध्यक्षहरु मधु राणा,निसान्त कुमार लामिछाने ,संतोष खनाल उपाध्यक्ष…

Read More

अनुभुती एजुकेशनद्वारा कक्षा १२ का विद्यार्थीहरुको बिदाई एवं शुभकामना कार्यक्रम सम्पन्न

0

वीरगंज चैत्र १९ अनुभुती एजुकेशन फाउण्डेशनले आज एक विशेष समारोहका बीच कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुको बिदाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । वीरगंजको टाउन हलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्याब्सन पर्साका अध्यक्ष डा।हरिशंकर सिंहले विद्यार्थीहरुलाई आउँदो कक्षा १२ को परिक्षामा राम्रो अंक ल्याई उज्जवल भविष्य निर्माणको लागि शुभकामना दिनुभयो । वहाले दक्ष एवं उत्कृष्ट विद्यार्थी उत्पादनमा अनुभुती एजुकेशन फाउण्डेशनले महत्वपुर्ण भुमिका निर्वाह गरेको…

Read More

पर्साको ठोरी गाउँपालिकामा एकदिने स्वास्थ्य बिमा सम्बन्धि अभिमुखिकरण सम्पन्न

0

वीरगंज, चैत्र ५ पर्साको ठोरी गाउँपालिका ४ मा आज राष्ट्रिय स्वास्थ्य बिमा सम्बन्धि एकदिने अभिमुखिकरण एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।वडा न ४ विजयबस्तीमा रहेको स्वास्थ चौकीको भवनमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो।स्वास्थ्य बिमा बोर्डमार्फत वडाका निर्वा्चित जनप्रतिनिधिहरु,सरोकारवालाहरु,स्वास्थ्य सस्था संचालन तथा व्यवस्थापन समितिका पदाधिकारीहरु एवं स्वयंसेवकहरुका लागि सो कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका प्रशिक्षक एवम् निर्मलबस्ती स्वास्थ्य चौकी प्रमुख नवीन अधिकारीले जानकारी दिए।कार्यक्रममा वडा सदस्य,बिद्यालयका शिक्षकहरु,महिला…

Read More

सेस्मी इन्टरनेशनल स्कुलको १४ औं वार्षिक उत्सव सम्पन्न

0

वीरगंज २६ फागुन ।सेस्मी इन्टरनेशनल १४ औं वार्षिक उत्सव आज एक समारोहका बिच सम्पन्न  भएको छ । विद्यालयका प्रबन्ध निर्देशक मनोज यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वीरगंज महानगरपालिकाकी उपमेयर शान्ति कार्की र जिल्ला शिक्षा अधिकारी बरखु प्रसाद रजकले कार्यक्रमको संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक डा. गणेश रेग्मी, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, शिक्षाविद…

Read More

ग्लोबल एजुकेशन काउन्सलिङ्ग सेन्टरको नयाँ शाखा वीरगंजमा शुभारम्भ

0

वीरगन्ज मंसिर २९ वीरगन्जमा ग्लोबल एजुकेशन काउन्सलिङ्ग सेन्टरको नयाँ शाखा उदघाटन भएको छ । आज एक कार्यक्रमका बीच वीरगन्ज पब्लिक कलेजका निर्देशक एवं समाजसेवी प्राध्यापक डा.दिपक शाक्यले शाखाको उदघाटन गर्नु भएको छ । वीरगन्जको आदर्शनगर राणीसती मन्दीर नजिकै संचालित शाखाको आज देखि सेवा शुभारम्भ गरिएको ग्लोबल एजुकेशन काउन्सलिङ्ग सेन्टरबाट स्नातक, स्नातकोत्तर लगायत सम्पुर्ण तहको उच्च शिक्षाका लागि परामर्श दिइने छ । वैदेशिक शिक्षा परामर्शका लागि…

Read More

लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीद्वारा अन्तराष्ट्रिय शान्ति चित्रकला प्रतियोगिता सम्पन्न

0

वीरगंज / कार्तिक २३ लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीको अयोजनामा आज वीरगंजमा लायन्स अन्तराष्ट्रिय शान्ति चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । भविष्यको लागी शान्ति भन्ने मुल नाराका साथ दिल्ली पब्लिक स्कुल वीरगंजमा आयोजित प्रतियोगितामा स्कुलका २० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा बंशीका जलान प्रथम, सुहानी श्रीवास्तव दोश्रो, तेहरीम ताबिज तेश्रो र रुद्रानी आनन्द चौथो भएका थिए । लायन्स क्लब अफ वीरगंज सेन्ट्रल…

Read More

आचारसंहिता उल्लंघन गर्नेलाई जेल हाल्ने ः आयुक्त पौडेल

0

वीरगंज १९ भदौ । निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले निर्वाचन क्षेत्र नं २ मा आचारसंहिता उल्लंघन गर्नेलाई जेल हाल्नेसम्मको तयारी आयोगले गरेको बताउनुभएको छ । हिजो कलैयामा राजनीतिक दलसम्बद्ध प्रशिक्षण कार्यक्रममा बोल्दै आयुक्त पौडेलले दलहरुले व्यापकरुपमा आचारसंहीताको उल्लंघन गरिरहेको आरोप लगाउनुभयो । संविधान कार्यान्वयन गर्ने पाटोको रुपमा स्थानीय निर्वाचन भइरहेको बताउँदै पौडेलले योग्य, तथा कुशल उम्मेदवार छान्न जनतालाई आग्रह गरे । सामाजिक सद्भावमा खलल पुग्ने…

Read More

अखिल क्रान्तिकारीको अध्यक्षमा रञ्जित तामाङ विजयी

0

वीरगंज, १७ भदौ । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्षमा रञ्जित तामाङ विजयी भएका छन् । एकताको २१ औं राष्ट्रिय सम्मेलनमा भएको निर्वाचनबाट तामाङ विजयी भएका हुन् । पहिलोपटक भएको निर्वाचनबाट तामाङले अर्का प्रत्यासी अनिल शर्मालाई हराएका हुन । यसैगरी उपाध्यक्षमा सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, दिपक देवकोटा र विजय गौतम विजयी भएका छन् । उनीहरु खुलातर्फबाट उपाध्यक्ष चुनिएका हुन् । यसैगरी महिला उपाध्यक्षमा पञ्चा…

Read More

वीरगंजका चिकित्सकहरु आन्दोलित, सबै अस्पताल, क्लिनिक बन्द

0

वीरगंज, १४ भदौ । एडभान्स मेडिकेयर अस्पताल वीरगजमा कार्यरत डाक्टर संजय अग्रवालमाथि हातपात गर्ने सुवाश झा र बैजु झालाई कारवाहीको माँग गर्दै नेपाल चिकित्सक संघले आजदेखी आन्दोलन शुरु गरेको छ । हिजो मंगलवार सार्वजनिक विदा भएकोले नेपाल चिकित्सक संघ नारायणीका अध्यक्ष डाक्टर जगदिश अग्रवालको अध्यक्षतामा बसेको बैठकले आज बुधवारदेखी नारायणी उपक्षेत्रीय अस्पतालको आकस्मिक सेवा बाहेक सबै स्वास्थ्य संस्था पुर्ण रुपमा ठप्प पार्ने निर्णय गरे बमोजिम…

Read More

अखिल क्रान्तिकारीको निर्वाचन हुदै

0

वीरगंज, १४ भदौ । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । अहिले बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म निर्वाचन हुने निर्वाचन समितिका संयोजक रमेश मल्लले जानकारी दिनुभयो । क्रान्तिकारीमा पहिलो पटक नेतृत्वका लागि निर्वाचन हुन लागेको अध्यक्ष नरेन्द्र न्यौपानेले बताउनुभयो । नयाँ नेतृत्वका लागि अध्यक्षमा अनिल शर्मा र रञ्जित तामाङ चुनावी मैदानमा हुनुहुन्छ । तेत्तीस पदाधिकारीसहित २४३ नयाँ केन्द्रीय…

Read More