Browsing: अर्थ

शिवम बचत तथा ऋण सहकारी संस्थाको सातौ बार्षिक सभा सम्पन्न

0

 बिरगंज ,२१ पुस – शिवम बचत तथा ऋण सहकारी संस्थाको सातौ बार्षिक सभा आज सम्पन्न भएको छ । उक्त साधारण सभाको उदघाट्न पर्सा जिल्ला निर्बाचन क्षेत्र नम्बर २ का माननीय सांसद बिमल प्रसाद श्रीवास्तबले गर्नुहूँदै आत्मनिर्भरमूखि अर्थतन्त्र बिकासमा सहकारीले महत्वपूर्ण भूमिका निर्बाह गर्न आवश्यक रहेको धारणा राख्नुभएको थियो । कार्यक्रममा प्रदेश सभाका सदस्य राजेश्वर साह तेली, नेपाल पत्रकार महासंघका अध्यक्ष श्याम बन्जारा, बचत संघका अध्यक्ष राजेश पर्डित,…

Read More

वीरगंजको सुपर ग्यास उद्योगमा आगलागि

0

वीरगंज, ५ पुस । वीरगञ्ज महानगरपालिका– १८ स्थित भवानीपुरमा रहेको सुपर ग्यास उद्योगमा आगलागी भएको छ । उद्योगमा बिहान सवा ७ बजेतिर आगलागी भएको र आगलागीमा परी २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागि गएको वीरगञ्ज महानगरपालिकाको बारुणयन्त्र पनि जलेको र फायर म्यान संजिव नेपाल सख्त घाइते भएको इन्चार्ज कार्कीले बताए । नेपालको उपचार गण्डक अस्पतालमा संभव नभएपछि हेलिकप्टरबाट काठमाण्डौ लगिदैछ…

Read More

बीरगंजको सहकारीको सभा इन्डोनेशियामा एक करोडको ढुकुटी बैंककमा खोल्ने तयारी

0

बीरगंज २७ कात्तिक , बीरगंजको सहकारीको बार्षिक साधारण सभा इन्डोनेशियाको बालीमा सम्पन्न भएको छ । श्री गणेश बचत तथा ऋण सहकारी संस्थाको साधारण बिदेशमा भएको सम्भवत पर्साको यो पहिलो हो । उक्त साधारण सभाको लागि यस्को संचालकहरु केही दिन अघि मात्र त्यसतर्फ लागेको छन । दर्जनको हाराहारीमा संचालकहरु त्यसतर्फ लाग्नुले निक्षेप कर्ताहरुले बिबिध खालको प्रश्नचिन्ह उठाउन थालेका छन । उक्त साधारण सभा गर्नको लागि संचालकहरु…

Read More

नक्कली भ्याट प्रकरण ः ९ जना विरुद्ध अदालतमा मुद्दा दायर

0

वीरगंज २९ भदौ । राजश्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रकरणमा नौ जनाविरुद्ध १९ करोड रुपैयाँको मुद्दा दायर गरेको छ । विभागले दुई दिनअघि नक्कली भ्याट बिल कारोबारीविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । नक्कली भ्याट बिल प्रकरणमा दायर गरिएको यो झण्डै एक दशकपछिको ठूलो मुद्दा हो । विभागले झण्डै तीन महिना लामो अनुुसन्धानपछि मुद्दा दर्ता गरेको हो । वीरगञ्जका कालिका ट्रेड एन्ड…

Read More

सुन चाँदी ब्याबसायी संघमा भांडभैलो

0

वीरगंज,२  भदौ /पर्सा जिल्लामा रहेको सुन चाँदी ब्याबसायी संघमा भाँडभैलो भएको समाचार प्राप्त हुन आएको छ । गत साउन ४ गते सम्पन्न भएको भनिएको अधिबेशन अबैधानिक भन्दै आज एक पक्षले ४६ जनाको हस्ताक्षर सहित अबिलम्ब अधिबेशन गरि नयाँ नेतृत्व गर्न माग गर्दै निबेदन दर्ता गराएका छन । गत बर्षको पुष ९ गतेसम्म अवधि रहेका साधारण सदस्यहरुको नबिकरण २०२ जना रहेको उल्लेख गर्दै बिधानको परिच्छेद ४ को…

Read More

वीरगंज भन्सार कार्यालयले आजदेखि भारतबाट भित्रिने सबै बस्तुमा जिएसटी प्रणाली लागु गर्ने

0

वीरगंज,१ भदौ /वीरगञ्ज भन्सार कार्यालयले आजदेखि भारतबाट भित्रिने सबै बस्तुमा बस्तु तथा सेवा कर अर्थात जिएसटी प्रणाली लागु गर्ने भएको छ । भारतबाट आयात हुने कृषि उपज, खाद्यान्न, दलहन, जीवित जनावर, पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यास बाहेकका बस्तुमा यो प्रणाली लागु हुने वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवले जानकारी दिनुभयो । जिएसटी प्रणाली लागु भएपछि भन्सार एजेन्टले बनाउने नक्कली बिल नियन्त्रणमा आउने विश्वास…

Read More

नेपाल उद्योग वाणिज्य संघकोे आव्हानमा एककरोड सहयोग

0

वीरगंज, ३० साउन । नेपाल उद्योग बाणिज्य महासंघले विभिन्न संघ तथा कम्पनीहरुसँग मिलेर बाढीपीडितलाई नगद तथा जिन्सी गरी करिब १ करोड रुपैयाँ बराबरको सहयोग गर्ने घोषणा गरेको छ । महासंघले विभिन्न संघ तथा कम्पनीहरुबाट सहयोग रकम जुटाएको छ । महासंघ आफैले १० लाख सहयोग गर्ने घोषणा गरेको छ । नेपाल औषधि उत्पादक संघले ५० लाख नगद बराबरको औषधि, नेपाली यूवा उद्यमी मञ्चले नगद तथा जिन्सी…

Read More

भारी वर्षापछि टेलिफोन सेवा पनि प्रभावित

0

वीरगंज, ३० साउन । भारी वर्षासँगै आएको बाढी, पहिरोका कारण आइतवार देशभरको टेलिफोन सेवा प्रभावित भएको छ । सरकारी तथा निजी सेवा प्रदायक कम्पनीको फोन र एसएमएस सेवामा बाढीको प्रभाव दखिएको छ । फोन नलाग्ने, लागेपनि आवाज नसुन्ने, एसएमएस पनि नजाने लगायतका समस्या देखिएका छन् । नेपाल टेलिकमका अनुसार बाढी, पहिरोका कारण बिटीएस टावर र विद्युत आपूर्ति अवरुद्ध हुँदा टेलिफोन सेवा प्रभावित भएको हो ।…

Read More

चार नाकाबाट नेपाल–चीन क्रस–बोर्डर ट्रान्समिसन लाइन निर्माण हुने

0

वीरगंज २० साउन । चारवटा नाकाबाट नेपाल–चीनबीच क्रस–बोर्डर ट्रान्समिसन लाइन निर्माण हुने भएको छ । ऊर्जा मन्त्रालयले रसुवागढी–केरुङ, तातोपानी–खासा, कोराला–तिब्बत र किमाथान्का–चेन्ताङ नाकाबाट अन्तरदेशीय ४०० केभी ट्रान्समिसन लाइन निर्माण गर्ने भएको हो । विद्युत् आयात–निर्यातका लागि चीनसँग क्रस–बोर्डर ट्रान्समिसन लाइनका लागि दुई देशबीच समझदारीपत्रको मस्यौदा चीन पठाइएको ऊर्जा मन्त्रालयले जनाएको छ । सप्तकोसी, सप्तगण्डकी र कर्णालीलाई मुख्य आधार मानेर क्रसबोर्डर ट्रान्समिसन लाइन निर्माण हुन लागेको…

Read More

राष्ट्र बैंकले वित्तिय प्रमुखकोे योग्यता तोेक्यो

0

वीरगंज २० साउन । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सञ्चालक तथा कार्यकारी प्रमुखको नियुक्तिका लागि आवश्यक योग्यता तथा कार्य अनुभव तोकेको छ । राष्ट्र बैंकले हिजो परिपत्र जारी गर्दैे बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ ले दिएको अधिकार प्रयोग गरी यो व्यवस्था लागू गरिएको जनाएको छ । स्नातक उपाधि हासिल गरी विदेशी वा स्वदेशी बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको…

Read More