Browsing: अपराध

दुईवटा टेक्टर प्रहरी नियन्त्रणमा

0

वीरगंज, १२ साउन । जिल्ला प्रहरी कार्यालय बाराले निजगढ नपा–८ मा रहेको बकैया खोलाबाट अवैद्य तरिकाले बालुवा उत्खनन् गरी ओसार–पसारमा संलग्न दुईवटा टेक्टरलाई नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला समन्वय समितीले हाल बालुवाको उत्खननमा रोक लगाएको अवस्थामा बकैया खोलामा ना ३ त ३२२९ र ना ५ त ५०७४ नम्बरको ट्रेक्टरलाई नियन्त्रणमा लिएर जिल्ला समन्वय समितीको कार्यालय बारामा बुझाएको जिप्रका बाराले जनाएको छ ।

Read More

नक्कली बाबुछोरा बनेर नागरिकता लिन खोज्ने दुई पक्राउ

0

वीरगंज, १२ साउन । नक्कली छोरा बनाएर नेपाली नागरिकता दिलाउन खोज्ने बाबु र नक्कली पिताको आधारमा नेपाली नागरिकता लिन खोज्ने छोरालाई प्रहरीले कार्यवाही शुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा जगरनाथपुर गाउपालिका–१ का बृजकिशोर साह गोल्दार बुबा बनेर र अनिल साह गोल्दारलाई छोरा बनाएर नेपाली नागरिकता दिलाउन खोज्दा पक्राउ परेको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले बताउनुभयो । वडा नम्बर…

Read More

१५ किलो चरेस बरामद

0

वीरगंज, ११ साउन । मकवानपुर जिल्लाको मनहरीबाट मोटरसाइकलद्धारा बैगमा चरेस राखेर बाराको जितपुर हुँदै मिलनचौकबाट बिरुवागुठी तर्फ जादै गरेको एक अज्ञात मोटरसाइकल चालकले १५ किलोग्राम चरेस फ्याकेर भागेको समाचार छ । बिरुवागुठी प्रहरी चौकीले नियमित चेकजाचको क्रममा सो चरेस बरामद गरेको हो । मोटरसाइकलमा रहेका अज्ञात व्यक्तिले झोला फ्याकेर भाग्न सफल भएको र सो झोला हेर्दा चरेस फेला परेको प्रहरीले बताएको छ ।

Read More

युवक अपहरणको कसुरमा धनुषामा पाचजना पक्राउ

0

वीरगंज, १० साउन । युवकलाई अपहरण गरेको अभियोगमा धनुषा प्रहरीले पाँच जनालाई पक्राउ गरेका छन् । धनुषा बिदेह नगरपालिका—८ बफैका कमलेश्वर दासलाई अपहरण गरेको अभियोगमा बिदेह नगरपालिका—७ चक्करका ५५ वर्षीया शोभादेवी दास, २५ वर्षीय रामसुफल दास, तारापट्टी–१ का २२ वर्षीय निकेश यादव, महोत्तरी भ्रमपुरा–३ का १८ वर्षीय एसानुल राइन र १९ वर्षीय आदम नदाफलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको हो । कमलेश्वरलाई गत शुक्रवार…

Read More

राजधानीको सुकेधारामा हतियारसहित तीनजना पक्राउ

0

वीरगंज, १० साउन । प्रहरीले पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । चितवन बघौडा नगरपालिका– १ का २७ वर्षे अनिल महतो, रामेछापको खनियाँपानी–३ का २७ वर्षे महेश लामा र काभ्रेको पात्लेखेतका २४ वर्षे रोदन लामालाई प्रहरीले काठमाडौं महानगरपालिका सुकेधाराबाट पक्राउ गरेको हो । काठमाडौं उपत्यकाका विभन्नि स्थानमा हातहतियारसहित अपराधिक क्रियाकलापमा संलग्न रहेको भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध विभाग टेकुले जानकारी दिएको…

Read More

राजपा नेपालका उपाध्यक्षको घरमा लाखौंको चोरी

0

वीरगंज, ९ साउन । राजपा नेपालका उपाध्यक्ष सुरेन्द्र कुर्मीको वीरगंज महानगरपालिका रानिघाटस्थित घरमा गएराती चोरी भएको छ । घरपरिवारका सदस्य सुतेको कोठाको ढोका बन्द गरेर चोरले अन्य कोठामा रहेको जिन्सी नगद गरी लाखौंको चोरी गरेको बताइएको छ । नगद ३४ हजार, चादी र सुनका गहनाहरु चोरी भएको उपाध्यक्ष कुर्मिले बताउनुभयो । चोरीका बारेमा पर्सा प्रहरीका प्रवक्ता चक्रराज जोशीसंग बुझ्दा वहाले हाल वीरगंजमा बालचोरको संख्या बढी…

Read More

बाजुराका पत्रकार मल्लको घटना छानबिनका लागि पत्रकार महासंघको मिसन गठन

0

वीरगंज, ८ साउन । नेपाल पत्रकार महासंघले बाजुराका पत्रकार छक्कबहादुर मल्ललाई कुटपिटपछि पक्राउ गरिएको सन्दर्भ छानबिनका लागि मिसन टोली गठन गरेको छ । महासंघका अध्यक्ष महेन्द्र विष्टले महासंघका सुदूरपश्चिम संयोजक प्रकाशविक्रम शाहको संयोजकत्वमा चित्राङ्ग थापा र छत्र साउद सदस्य रहेको तीन सदस्य मिसन टोली गठन गर्नुभएको हो । घटनाबारे बुझ्न मिसन टोली बाजुरा पुग्दैछ । नेपाल प्रेस युनियनले बाजुराका पत्रकार छक्कबहादुर मल्ललाई असार २९ गते…

Read More

६० जनाले शाकाहारी शपथ ग्रहण गरे

0

वीरगंज, ८ साउन । बाबा जयगुरुदेव संगत पर्साले वीरगंजको घण्टाघरमा शाकाहारी शपथ ग्रहण कार्यक्रम संचालन गरेकोमा हिजो करिब ६० जनाले शाकाहारी शपथ गरेका थिए । शपथ ग्रहण कार्यक्रम प्रत्येक शनिबार संचालन हुने बताइएको छ । भारतमा एकैसाथ एकलाख मानिसले शाकाहारी शपथ ग्रहण गरेर किर्तिमान कायम गरेको कारण नेपालमा पनि यो अभियान हिजोदेखी देशव्यापी शुरु गरिएको हो । समाजमा रहेका कुरिती, हत्या, हिंसा, चोरीलगायतको अमानवीय क्रियाकलापको…

Read More

बयलगाडासहित सालको गुलिया बरामद

0

वीरगंज, ७ साउन । जिल्ला प्रहरी कार्यालय बाराले तीन गुलिया सालको काठ बरामद गरेको जनाएको छ । प्रहरी चौकी गंजभवानीपुर बाराका प्रसनी राजेश जैसवारको नेतृत्वको टोलिले गस्तीको क्रममा बेवारिसे अवस्थामा बयलगाडामा लोड ६ फिट लामो ४ फिट चौडा ३ थान सालको काठ फेला पारेको र सो बयलगाडासहितको काठलाई आवश्यक कार्यवाहीको लागि इलाका वन कार्यालय मधुवनी बाराको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।…

Read More

गौत्तम भोजनालयका चारैजना मृत फेला

0

वीरगंज, ७ साउन । काभ्रेको बनेपा बसपार्कको एक होटलमा एकै परिवारका चारजना मृत भेटिएका छन् । बसपार्कमा २ वर्षदेखी गौतम भोजनालय संचालन गर्दै आएका ३२ वर्षिय राजाराम दाहाल निजका ६५ वर्षिय पिता हरिभक्त दाहाल, आमा हरिमाया दाहाल र २५ वर्षिय बहिनी रञ्जना दाहाल हिजो मृत अवस्था फेला परेका हुन । प्रहरीको नियमित गस्तिका क्रममा होटलको सटर लामो समयसम्म नखोलिएको कारण शंका लागेर हेर्दा चारजना मृत…

Read More