Browsing: अपराध

पुन बहालीको मागसहित खडकाद्धारा सर्वाेच्चमा रिट

0

वीरगंज, ५ असोज । सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक पदबाट बर्खास्त गरेका गोपालबहादुर खड्काले आफूलाई पुनःबहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आपूर्ति मन्त्रालय लगायतलाई विपक्षी बनाई खड्काले वारिस मोतीलाल तामाङमार्फत दायर गरेको निवेदनमा आफूलाई पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न र पुनःबहाली गर्न माग गरिएको छ ।

Read More

८८ किलो सुन प्र्रकरणमा थप पाच पक्राउ

0

वीरगंज, ५ असोज । महानगरीय अपराध महाशाखाले ८८ किलो सुन ओसारपसार गरेको आरोपमा थप पाँच जनालाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले कार्य्विनायक सुनचाँदी गहना पसल रञ्जना ट्रेड सेन्टरका गणेशदत्त बडू, रविश्याम ट्रेडर्स नरदेवीका सत्यनारायण अग्रवाल, शाक्य सुनचाँदी पसल बाङ्गेमुढाका शुभरत्न शाक्य, सिद्धनाथ सुनचाँदी पसल खार्नी वटुका उल्लास दिनकर सालुखे र पशुपति सुनचाँदी पसल खार्नी वटुकै नन्दकुमार मर्गलेलाई पक्राउ गरेको हो । महाशाखाका प्रमुख…

Read More

भारतीय नागरिकलाई प्रहरीले पेस्तोलसहित पक्राउ

0

वीरगंज,२६ भदौ । वीरगंजमा एक भारतीय नागरिकलाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ । रक्सौलको मौजे टोल निवासी २५ वर्षीय महम्मद शम्सेर पेस्तोलसहित पक्राउ परेको पर्सा प्रहरीले जनाएको छ । वीरगञ्जको रामटोलबाट अस्ती राति पक्राउ परेका शम्सेरलाई प्रहरीले हिजो सार्वजनिक गरेको हो । शम्सरेको साथबाट एकथान नलकुटवा पेस्तोल र त्यसमा लाग्ने आठ एमएमको तीन राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ । उनले चढेको बिआर २२…

Read More

भंंसार छलिको कपडा बरामद

0

वीरगंज, २१ भदौ । वडा प्रहरी कार्यालय विर्ताले भन्सार छलेर लुकाइ राखेको अवस्थामा १५ लाख बराबरको बिभिन्न कपडा बरामत गरेको छ । सुराकीको आधारमा प्रहरी निरिक्षक अनिष कर्ण नेतृत्वको टोलीले वीरगञ्ज ५ स्थित उमाशंकर पण्डितको घरमा रहेको गोदामबाट अबैध कपडा बरामत गरेको हो । बरामत कपडाहरुको लिलामी प्रक्रिया र थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको छ । आगामी असोज २ गते हुने प्रदेश…

Read More

गाजासहित भारतीय पक्राउ

0

वीरगंज, २१ भदौ । पोखरीया नगरपालिका वडा नं. २ बोकहवा चौकमा हिजो प्रहरीले २१ किलो गाँजा सहित एक भारतीयलाई पक्राउ गरेको छ । युपी ५७ ए ३१०४ नम्बरको गाडीको सिट मुनी लुकाई लगिरहेको बेला बिशेष सुराकीको आधारमा दिउँसो १२ः१५ बजे २१ किलो ७५० ग्राम गाँजा सहित पश्चिम चम्पारण सरगटिया निवासी ५३ बर्षिय साहेव गिरीलाई पक्राउ गरेकोे थियो । पक्राउ परेका भारतीय नागरिक र गाँजा पोखरीया…

Read More

बलात्कारको अभियोगमा चौहान पक्राउ

0

वीरगंज, १६ भदौ । पर्साको पोखरिया नगरपालिका वार्ड नम्बर ६ सिर्सियाटोल निवासी २८ वर्षिय अनिल चौहानलाई जबरजस्ती करणीको आरोपमा प्रहरीले पक्राउ गरेको छ । हिजो बिहान चौहानले एकजना युवतिको घरमा पसेर जबरजस्ती करणी गरेका थिए । उनि जिल्ला अस्पताल पोखरियाको कार्यालय सहायक हुन । इलाका प्रहरी कार्यालय पोखरियाले यसबारेमा अनुसंधान गरीरहेको थाहा हुन आएको छ । पक्राउ परेका चौहान तीनवर्ष अघि पनि बलात्कारको अभियोगमा पक्राउ…

Read More

१५ किलो सुनसहित ७ जना पक्राउ

0

वीरगंज, १६ भदौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले ठूलो मात्रामा अवैद्य सुन सहित ७ जनालाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका–१ का पेम्वा दोर्जे शेर्पालाई १४ किलो सुनसहित सामाखुसीबाट पक्राउ गरेको हो । तातोपानी र केरुङ नाका हुँदै सुन तस्करी गरी भारतसम्म र्पुयाउने धन्दामा सक्रिय रहेको सूचनाका आधारमा टोखा नगरपालिका–११, सामाखुशीस्थित शेर्पाको डेरा खानतलासी गर्दा दराजमा लुकाएको १४ किलो अवैध सुन…

Read More

बारामा संचालित नौवटा अवैद्य घरेलु मदिरा भट्टी नष्ट

0

वीरगंज, १६ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले अवैद्य रुपमा संचालित नौवटा घरेलु मदिरा भट्टी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराले जनाएनुसार जिल्लाको विभिन्न ९ स्थानमा संचालित मदिरा भट्टीहरु नष्ट पारिनुका साथै त्याहा उत्पादित करिब पाचसय लिटर तयारी मदिरा, ६ हजार ८ सय लिटर कच्चा मदिरा र ५ वटा मदिरा बनाउने मेशिन नष्ट गरिएको छ । यसैगरी हिजै कलैयामा विभिन्न सवारी साधनहरुको चेकजाच…

Read More

मकवानपुरको राक्सी गाउमा गाजा नष्ट

0

वीरगंज, १६ भदौ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले गाजा विरुद्धको अभियानको लागि परिचालित इलाका प्रहरी कार्यालय मनहरीले हिजो राक्सी गाउपालिकाको विभिन्न वार्डमा गाजाखेतिका लागि तयारी गरिएको ब्याड र गाजाखेतिसमेत नष्ट गरेको प्रवक्ता दिलिपराज झाले जानकारी गराएका छन । प्रहरी टोलिले १४७ कठ्ठा ब्याड, १५० कठ्ठा गाजाखेति नष्ट गरेको प्रवक्ता झाले बताउनुभयो ।

Read More

प्रहरी बिट अगाडीबाट दुइ पसलहरुमा चोरी

0

वीरगंज, २८ साउन / वीरगंज गण्डकमा रहेको दुइ पसलहरुमा गएराती चोरी भएको छ । जेनरल स्टोर र औषधि पसल गरी दुई पसलबाट करिव ६ लाख मुल्य बराबरको धनमाल चोरी भएको पिडित दिपेन्द्र पटेलले जानकारी दिनुभयो । प्रहरी बिट अगाडी बाट चोरी हुनु शंकास्पद भएको पिडितहरुले जनाएका छन । सो स्थानबाट बिगतमा पनि ५ ÷६ पटक चोरी भइसकेको स्थानियले बताएका छन ।

Read More