Browsing: ब्रेकिंग न्यूज

शिवम बचत तथा ऋण सहकारी संस्थाको सातौ बार्षिक सभा सम्पन्न

0

 बिरगंज ,२१ पुस – शिवम बचत तथा ऋण सहकारी संस्थाको सातौ बार्षिक सभा आज सम्पन्न भएको छ । उक्त साधारण सभाको उदघाट्न पर्सा जिल्ला निर्बाचन क्षेत्र नम्बर २ का माननीय सांसद बिमल प्रसाद श्रीवास्तबले गर्नुहूँदै आत्मनिर्भरमूखि अर्थतन्त्र बिकासमा सहकारीले महत्वपूर्ण भूमिका निर्बाह गर्न आवश्यक रहेको धारणा राख्नुभएको थियो । कार्यक्रममा प्रदेश सभाका सदस्य राजेश्वर साह तेली, नेपाल पत्रकार महासंघका अध्यक्ष श्याम बन्जारा, बचत संघका अध्यक्ष राजेश पर्डित,…

Read More

प्रदेश नं २ को राजधानी बिरगंजलाइ बनाउनुपर्ने माग राखेर आज देखि रिले अनशन शुरु

0

बिरगंज,२१ पुस । प्रदेश नं २ को राजधानी बिरगंजलाइ बनाउनुपर्ने माग राखेर चरणवद्ध आन्दोलनमा रहेको संघर्ष समितिले आज देखि  रिले अनशन शुरु गरेको छ । बिरगंज  महानगरपालिकाका मेयर विजय कुमार सरावगीले अनशनमा बसेकाहरुलाई फुलको माला लगाएर स्वागत समेत गरेका छन् । रिले अनशनको पहिलो दिन आज पूर्व मन्त्री एवं नेपाली काँग्रेसका नेता सुरेन्द्र चौधरी, बसरुद्धिन अन्सारी, शम्भु गुप्ता, ओम प्रकाश सर्राफ, माओवादी नेतृ दुर्गा क्षेत्री, वीरगञ्ज…

Read More

बीरगंजलाई राजधानी बनाउन एमाले आन्दोलित

0

बीरगंज, पुस २० गते । नेकपा एमाले पर्सालले बीरगन्ज महानगरलाई २ नम्बर प्रदेशको राजधानी बनाउन आन्दोलनमा उत्रिने जनाएको छ । बीरगन्जको ऐतिहासिक महिमा र भौतिक पूर्वाधारको तुल्नामापनि प्रदेश २ अन्तर्गतको अन्य शहर भन्दा बीरगन्ज अव्वल रहेकोले यसलाई राजधानी बनाउन एमाले पर्साको ठहर छ । प्रेस चौतारी नेपाल पर्साले आयोजन गरेको पत्रकार सम्मेलनमा एमाले पर्सा संयोजक प्रभु हजराले मध्य तराईको विकाशकोलागि बीरगन्जमा प्रदेशको राजधानी कोसेढुंगा साबित…

Read More

लायन्स कलवद्वारा आमाको छात्रावासमा खाद्यान्न एवम लुगा वितरण

0

वीरगंज,पुस १७ । लायन्स क्लव अफ वीरगञ्ज गोल्डेन स्पैरोले वीरगञ्ज स्थित आमाको छात्रावासमा खाद्यान्न एवम ट्रैकसूट वितरण गरिएको छ । ठाकुर राम कलेज पछाडी रहेको आमाको छात्रावासमा रहेका टुहुरा बालबालिकाहरूलाई एकत्रित गरी उनीहरुको पढाई लेखाई तथा भरणपोषण र उच्च संस्कारका निम्ति खोलिएको संस्थाको लागि लायन्स क्लव ऑफ वीरगंज गोल्डन स्परोले उहाँको योगदानलाई कदर गर्दै विभन्न समयमा सहयोग गर्दै आएको छ । यो सहयोगलाई निरन्तरता दिदै…

Read More

डा. रेशुलाई विश्व तन्त्र ज्योतिष शिरोमणी २०१८”ले सम्मानित गरिने

0

 वीरगंज पुस १५ । “विश्व तन्त्र सम्मेलन २०१८” यहि पुस १७ गते देखि श्रीलंकाको नुवारा ईलियामा हुने भएको छ । ३ दिन सम्म चल्ने सो सम्मेलनमा ५६ राष्ट्रका करिव १०० जनाले तन्त्र बिशेषज्ञहरुको सहभागि हुने आयोजकले जनाएको छ । सो सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै अन्र्तराष्ट्रिय ज्योतिष महासंघ एवं अनुसन्धान केन्द्रका केन्द्रिय महासचिव एवं नेपाल निर्देशक डा .आर्चाय ऋषर्भ रेशुले सहभागिता जनाउने हुनुभएको छ । सोही सम्मेलनबाट डा.…

Read More

नेपाली काँग्रेस पर्साले निर्वाचनमा अन्तरघात गरेका १३ जना नेताहरुलाई कारवाही

0

वीरगंज पुस १५ । नेपाली काँग्रेस पर्सा क्षेत्र नं. ३ ले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा अन्तरघात गरेका १३ जना नेताहरुलाई कारवाही गरेको छ । नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आज पत्रकार सम्मेलन गरी पार्टीले निर्वाचनमा पार्टीलाई हराउने रामेश्वर प्रसाद रौनियार, शम्भु चौहान, असर्फी साह, मनोज यादव, बव्लु श्रीवास्तव, रामनेरश यादव , राजदेव प्रसाद यादव, भगवती प्रसाद चौधरी, दिनानाथ साह तेली, बिद्ययाकान्त पाण्डे, बाबुलाल मेहता,…

Read More

‌भरत दही एण्ड स्वीट्सका संस्थापकद्वारा वृक्षरोपण

0

वीरगंज, १० पुस । वीरगंजकै बहुचर्चित, पुरानो र प्रतिष्ठित दही पसलको नामले प्रसिद्धि कमाएको भरत दही एण्ड स्वीट्सले वातावरणीय सन्तुलन कायम राख्ने तथा प्राकृतिक रुपमा वीरगंजलाई हराभरा बनाउने उद्देश्यले माइस्थानमा वृक्षरोपण गरेको छ । भरत दही एण्ड स्वीट्स एवम प्रकृति सेवा प्रतिष्ठानको संयुक्त आयोजनामा माइस्थानस्थित ॐ स्वीट्स कर्नर अगाड़ी भरत दही एण्ड स्वीट्सका संचालक भरत साह कानुले वृक्षरोपण गर्नु भयो । वृक्षरोपणले माइस्थान मन्दिर अगाडिको…

Read More

प्रेस मञ्च नेपाल पर्साद्धारा सांसद र विधायक सम्मानित

0

बीरगंज, ७ पौष। प्रेस मञ्च नेपाल पर्सा शाखाले एक कार्यक्रमका बीच नवनिर्वाचित सांसद एवं विधायकहरुलाई सम्मान गरेको छ । पत्रकार महासंघ पर्सा शाखाको ज्योति हलमा आयोजित स्वागत एवं सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै राजपा नेपालका सह अध्यक्ष एवं सांसद लक्ष्मणलाल कर्णले प्रदेस नं। २ को राजधानी नामांकरण सम्बन्धमा काँग्रेस, एमाले र माओवादीले पुनः मधेसी जनताहरु बीच झगडा लगाउन कार्य गरि रहेको आरोप लगाएका थिए । संविधान…

Read More

ठाकुरराम बहुमुखी क्याम्पसमा एक विद्यार्थीमाथि छुरा प्रहार

0

 बीरगंज ७ पुस, ।.बिरगंजको ठाकुरराम बहुमुखी क्याम्पसमा बिहानै अज्ञात समूहले एक विद्यार्थीमाथि छुरा प्रहार गरेको छ। बिहान साढे ७ बजेको समयमा ५ जनाको अज्ञात समूहले बीबीएस प्रथम वर्षका विद्यार्थी रोशन यादवमाथि छाती र हातमा छुराछुरा प्रहार गरेको हो। बीरगंज  राधेमाई घर भएका घाइते विद्यार्थी यादवको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार सम्भव नभएर गण्डक अस्पताल रिफर गरिएको छ। यादवको अवस्था चिन्ताजनक रहेकाले रिफर गरिएको अस्पतालका चिकित्सक डा. मनोज गुप्ताले…

Read More

पुस २९ देखी लायन केशवमारु मेमोरियल क्रिकेट हुने

0

वीरगंज, ५ पुस । दोस्रो लायन केशवमारु मेमोरियल अन्तर बिद्यालय क्रिकेट प्रतियोगिता पुस २९ गते वीरगंजको आर्दशनगरमा हुने भएको छ । लायन्स क्लब अफ वीरगंज आर्दशनगरले टाउन हलमा कार्यक्रम गरी प्रतियोगिताको बारेमा जानकारी गराएको हो । प्रतियोगितामा वीरगंजका १० वटा बिद्यालयहरुको सहभागीता हुने जनाइएको छ । बिहान ७ बजे देखि शुरु हुने प्रतियोगिता ६ ओभरको हुने आयोजकले जनाएको छ । आयोजित कार्यक्रममा लायन उमेश शर्मा,…

Read More