Browsing: ब्रेकिंग न्यूज

प्रतिनिधिसभा र प्रदेशसभामा चुनावी कार्यतालिका सार्वजनिक, संसद कात्तिक ४ गते स्वत विघटन

0

वीरगंज, २७ भदौ । प्रतिनिधिसभा र प्रदेशसभामा चुनावी कार्यतालिका सार्वजनिक भएसँगै अहिलेको रुपान्तरित संसद कात्तिक ४ गते स्वत विघटन हुने भएको छ । निर्वाचन आयोगले हिजो पहिलो चरणको चुनावका लागि कात्तिक ५ गते मनोनयन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेसँगै संविधानको धारा २९६ (१) अनुसार संसद कात्तिक ४ गते स्वत विघटन हुने भएको हो । धारा २९६ अनुसार संविधानसभा संविधान जारीपछि स्वत व्यवस्थापिका संसदमा रुपान्तरण हुने…

Read More

आचारसंहिता उल्लंघन गरेका सवारी साधन नियन्त्रणमा

0

वीरगंज, २७ भदौ । निर्वाचन आचारसंहिता अनुगमन टोलीले पर्सामा आचारसंहिता उल्लंघन गरेको भन्दै पन्ध्र वटा सवारी साधन नियन्त्रणमा लिएको छ । अनुगमन टोलीले डिजे, लाउडस्पिकर र माइक प्रयोग गरी निर्वाचन प्रचार प्रसार गर्ने नेपाली कांग्रेस, माओवादी केन्द्र, मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) ,राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल र दुईजना स्वतन्त्र उम्मेदवारले प्रचारको क्रममा आचारसंहिता उल्लंघन गरेको जनाएको छ ।निर्वाचन आचारसंहिता विपरित निर्वाचन…

Read More

प्रदेश नं. २ मा असोज २ गते सार्वजनिक बिदा

0

वीरगंज, २७ भदौ । सरकारले प्रदेश नम्बर दुईमा असोज २ गते स्थानीय चुनावको दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकले चुनावमा एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । तर, शिक्षण संस्थाहरुमा भने पाँच दिन विदा हुनेछ । विद्यालयहरुमा भदौ ३० गतेदेखि ३ गतेसम्म पाँच दिन विदा दिने निर्णय सरकारले गरेको छ । अधिकांश मतदान केन्द्र विद्यालयहरुमा राखिएकाले ति…

Read More

भारतीय नागरिकलाई प्रहरीले पेस्तोलसहित पक्राउ

0

वीरगंज,२६ भदौ । वीरगंजमा एक भारतीय नागरिकलाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ । रक्सौलको मौजे टोल निवासी २५ वर्षीय महम्मद शम्सेर पेस्तोलसहित पक्राउ परेको पर्सा प्रहरीले जनाएको छ । वीरगञ्जको रामटोलबाट अस्ती राति पक्राउ परेका शम्सेरलाई प्रहरीले हिजो सार्वजनिक गरेको हो । शम्सरेको साथबाट एकथान नलकुटवा पेस्तोल र त्यसमा लाग्ने आठ एमएमको तीन राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ । उनले चढेको बिआर २२…

Read More

सिराहाको धनगढीमाई नपामा करेन्ट लागि दुईकोे मृत्यु

0

वीरगंज, २५ भदौ । सिरहामा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा सिरहाको धनगढीमाई नगरपालिका १२ का ४० वर्षका लाटी पुलामी मगरको ज्यान गएको हो । भुइँमा खसेको बिजुलीको तारबाट करेन्ट लागेर मगरको ज्यान गएको प्रहरीले जनाएको छ । त्यसैगरी, लहान नगरपालिका १३ भाेिटयाटोलका ४० वर्षका विष्णु चौधरीको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ । घरमा विजुलीको फ्यूज बनाइ हेको बेला…

Read More

उपप्रधानमन्त्रि गच्छदार र राज्यमन्त्रि पुनसंग स्पष्टीकरण माग

0

वीरगंज, २५ भदौ । निर्वाचन आयोगले उपप्रधान तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । आयोगको शनिबार बसेको बैठकले उपप्रधानमन्त्री गच्छदारसँगै जलस्रोत राज्यमन्त्री मा. अमर सिंह पुललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । फोरम लोकतान्त्रिकका अध्यक्ष समेत रहेका गच्छदारले वीरगञ्जमा गाडी तथा मोटरसाइकलहरूको रैली निकालेर निर्वाचन आचार संहिता उल्लंघन गरेको आयोगले जनाएको छ । आयोगको निर्णयमा भनिएको छ, निर्वाचन आचार संहिता उल्लंघन…

Read More

स्थानिय जनप्र्रतिनिधहरुलाई गाडी सुविधा दिने बारे मन्त्रालयमा छलफल

0

वीरगंज, २५ भदौ । सरकारले स्थानीय जनप्रतिनिधिहरुलाई गाडी सुविधा दिने तयारी थालेको छ । स्थानीय विकास मन्त्रालयले स्थानीय तहका जनप्रतिनिधिलाई कसरी कस्तो खालको सवारी सुविधा दिन सकिन्छ भन्नेबारे छलफल थालेको हो । कुन स्थानीय तहका लागि कति गाडी चाहिन्छ भन्ने अध्ययन सुरु भएको मन्त्रालयले जनाएको छ । स्थानीय तहको अवस्थिति, क्षमता, भूगोल, आवश्यता र सेवाग्राहीको चापको आधारमा यो सुविधा दिने योजना मन्त्रालयको छ । निर्वाचन…

Read More

म्यानमारका रोहिंग्या मुस्लिम बिद्रोहीद्धारा आजदेखी एकमहिने युद्धविराम घोषणा

0

वीरगंज, २५ भदौ । म्यानमारका रोहिंग्या मुस्लिम बिद्रोहीले एक महिनाका लागि युद्धविराम घोषणा गरेका छन् । सरकारी सेनाको कारवाहीका कारण उत्पन्न भएको मानवीय संकटको अवस्थाबाट बाहिर निस्कनका लागि रोहिंग्या बिद्रोही समूह अर्साले एक महिनाका लागि युद्धविरामको घोषणा गरेको छ । युद्धविराम आजदेखि लागु हुनेछ । अर्साले गएको अगस्ट २५ मा प्रहरीमाथि आक्रमण गरेपछि म्यानमारको राखिने राज्यमा तनाव बढेको छ त्यसयता सेनाले राखिने क्षेत्रमा कारवाही अभियान…

Read More

लियोनल मेस्सीको ह्याट्रिक, बार्सिलोना स्पेनिस ला लिगा फुटबलमा विजयी

0

वीरगंज, २५ भदौ । लियोनल मेस्सीको ह्याट्रिकको मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा विजयी यात्रा कायम राखेको छ । लिग अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले स्पानियोललाई ५–० ले हरायो । बार्सिलोनाको जितमा मेस्सीले २६, ३५ र ६७ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । मेस्सीले बार्सिलोनाबाट गरेको यो ३८ औं ह्याट्रिक हो । यस्तै ८७ औं मिनेटमा जेराड पिके तथा ९० औं…

Read More

बीरगंजलाई भ्रष्टाचार मुक्त र सुशासन युक्त शहर बनाउन एमालेको नेतृत्व आवश्यक ः बसुरुद्धिन

0

अहिले बीरगंज लगायतका आसपासका क्षेत्रहरु आगामी असोज २ गते हुने स्थानीय तहको निर्बाचनको लागि कुनै कसर बाँकी नराख्ने गरि उम्मेदवारहरु युद्ध स्तरमा मतदातालाई आफ्नो पक्षमा पार्न लागेका छन । निर्बाचनमा बिेशष गरि बीरगंज महानगरपालिकाको प्रमुख कस्ले जित्ने नगरको नेतृत् वगर्ने भन्ने बिषय राष्ट्रिय महत्व भित्र परेको छ । बीरगंजमा एमालेले नेशनल मेडिकल कलेजका संचालक बसुरुद्धिन अन्सारीलाई नगर प्रमुख र सोफिया आचार्यलाई उपप्रमुख पदको उम्मेदवार बनाएको…

Read More