Browsing: ब्रेकिंग न्यूज

ग्रामिण महिलालाई एक महिने ब्युटिसियन तालिम सम्पन्न

0

वीरगंज, ३ जेठ÷ वीरगंज उपमहानगरपालिका २५  जगरनाथपुरमा आजदेखी एकमहिने व्युटिसियन तालिम सम्पन्न भएको छ । वडा समितीको कार्यालयमा आयोजित समापन कार्यक्रम आयोजक नवजागरण संस्थाकि अध्यक्ष मिनी सिंहको अध्यक्षता एवम मधेसी जनअधिकार फोरम नेपाल पर्साका अध्यक्ष प्रदिप यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथी यादवले एकमहिने ब्युटिसियन तालिममा सहभागिहरूलाई प्रमाणपत्र वितरण गर्दै सिकेको शीपलाई व्यवहारमा लागु गर्न सुझाएका थिए । उनले गाविसबाट उपमहानगरपालिकामा रूपान्तरित…

Read More

आदर्शनगर रंगशालाको पुनर्निर्माण कार्य शुरू

0

 वीरगंज, ३ जेठ÷ वीरगंज आदर्शनगरस्थित रंगशालाको पुनर्निर्माण कार्य शुरू भएको छ । वीरगंज उपमहानगरपालिका कार्यालय र पर्सा क्षेत्र नं. १ का सभासद् राजेन्द्र बहादुर अमात्यको संसदीय कोषको संयुक्त लगानीमा आदर्शनगर रंगशालाको पुनर्निर्माण कार्य शुरू भएको हो । आगामी असार मसान्तसम्म रंगशालाको पुनर्निर्माण कार्य हुने वीउमनपाका योजना प्रमुख प्रकाशमान सिंहले बताए ।उनले वीउमनपाले रंगशाला पुनर्निर्माणको लागि ६० लाख उपभोक्ता समिति मार्फत खर्च गरी रहेको र सभासद् अमात्यको संसदीय…

Read More

यौन दुव्र्यवहारको आरोप लागेका चिकित्सक धरौटीमा रिहा

0

वीरगंज, ३ जेठ÷  भूकम्प पीडित एक २० वर्षीया महिलालाई उपचारको क्रममा यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका नेशनल मेडिकल कलेजका चिकित्सक  निशान्त यादवलाई पर्सा जिल्ला अदालतले धरौटीमा रिहा गरेको छ । गत शुक्रवार पर्सा जिल्ला अदालतले डा. यादवलाई २५ हजार धरौटी लिई तारेखमा छाडेको थाह हुन आएको छ । वैशाख १८ गते उपचारको लागि नेशनल मेडिकल कलेजमा पुगेकी एक २० वर्षीय महिलाको एमआरआई गर्ने क्रममा रेडियोलोजिस्ट…

Read More

वीउमनपाका कार्मचारीद्धारा प्रम राहत कोषमा साढे १४ लाख दाखिला

0

वीरगंज, ३ जेठ÷  भुकम्पबाट प्रभावितहरूका लागि वीरगंज उपमहानगरपालिकाका कर्मचारीहरूले प्रधानमन्त्रि राहत कोषमा करिब साढे १४ लाख रूपैया दाखिला गरेका छन ।  वीरगंज उपमहानगरपालिकाका कर्मचारीहरूको मासिक तलबबाट कट्टा हुने गरी १४ लाख ५५ हजार रकम प्रधानमन्त्रि राहत कोषमा दाखिला गरिएको लेखा अधिकृत शम्भु गुप्तालेबताए । देशमा आएको विपतको बेला चौतर्फि रूपमा भैरहेको सहयोगमा वीउमनपाका कर्मचारीहरूको पनि सहभागिता जनाउने गरी राहत रकम संकलन गरि राष्टिय वाणिज्य वैक…

Read More

वीरगंज युवा समाजले मकवानपुरका भूकम्प प्रभावित परिवारलाई राहत वितरण तथा स्वास्थ्य शिविर सम्पन्न

0

, वीरगंज, २ जेठ÷ वीरगंज युवा समाजले महवानपुर जिल्लाको आमभन्ज्या· गाविसमा भूकम्प प्रभावित परिवारलाई राहत वितरण तथा स्वास्थ्य शिविर सम्पन्न गरेको छ  समाजका अध्यक्ष कमल चौलागाईंको अध्यक्ष्ँतामा आमभन्ज्या· पुगेको टोलीले स्थानीय गाविसका भूकम्प प्रभावितहरुलाई ५ लाख ७५ हजार बराबरको          राहत सामग्री वितरण गरेको थियो ।  समाजकै आयोजनामा वीरगंजबाट आमभन्ज्या· पुगेको स्वास्थ्यकर्मीहरुको टोलीले भूकम्पमा परि घाइते भएका महिला बालबालिका गरि साढे ३ सय जनाको निश्शुल्क स्वास्थ्य परिक्षण…

Read More

भूकम्प पिडितलाई लायन्स क्लब र लियो क्लबको राहत सामाग्री सहयोग

0

वीरगंज, २ जेठ-  लायन्स क्लब अफ वीरगंज ३२५ बी २ लगायत वीरगंजका लायन्स तथा लियो क्लबहरुको सदस्यहरुद्वारा सड्ढलित ७ लाख बराबरको राहत सामग्री आज पुनः राहत प्रभावित क्षेत्रका पठाइएको छ । अल लायन्स क्लब र लियो क्लबको सक्रियतामा वीरगंजबाट भूकम्प पीडितहरुको लागि राहत पु¥याउने कार्यलाई निरन्रता दिंदै आज चामल तीन हजार किलो, एक सय ५० किलो चिउरा, आलु दुई हजार किलो, दाल तीन सय किलो,…

Read More

स्वतन्त्र मानव अधिकार समाजद्वारा श्रद्धाञ्जली तथा प्रार्थना सभाको आयोजना

0

वीरगंज २ जेष्ठ ।  बैशाख १२ गते तथा २९ गते गएको महाप्रलयकारी भुकम्पमा परी ज्यान गुमाएका मृत आत्माको चीर शान्तिका लागि तथा घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै आज सा“झ स्वतन्त्र मानव अधिकार समाज केन्द्रिय कार्यालय वीरगंजमा श्रद्धाञ्जली तथा प्रार्थना सभाको आयोजना गरेको छ । वीरगंजको माईस्थान मन्दिर अगाडी रहेको शहिद पार्कमा आयोजित श्रद्धाञ्जली सभामा प्रमुख अतिथिको रुपमा सभासद अनिल रुंगटले मैनबत्ती बालेर कार्यक्रमको प्रारम्भ गर्नु…

Read More

एम.बि.बि.एस. दोश्रो वर्षको परिक्षामा नेशनल मेडिकल कलेज वीरगंज सर्वोत्कृष्ठ

0

वीरगंज जेष्ठ २ ।  त्रिभुवन विश्व विद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानद्वारा  एम.वि.वि.एस. दोश्रो वर्षको परिक्षा फल प्रकाशित भएको छ । प्रकाशित परिक्षा फल अनुसार सबै भन्दा बढी नेशनल मेडिकल कलेज वीरगंजका विद्यार्थीहरु उतीर्ण भएका छन् ।  नेशनल मेडिकल कलेजबाट परीक्षा दिएका ८३ जना विद्यार्थी उतीर्ण भएका छन् भने युनिभर्सल कलेज  फ साईन्स भैरहवाका ६९ जना, चितवन मेडिकल कलेज भरतपुरका ४८ जना, जनकपुर मेडिकल कलेज जनकपुरका…

Read More

महाभुकम्पले पारेको प्रभावका बारेमा सभासद अमात्यद्वारा स्थलगत निरिक्षण

0

वीरगंज जेष्ठ २ । वीरगंज नगर क्षेत्र तथा पर्साको ग्रामिण क्षेत्रमा विनाशकारी भुकम्पले पारेको प्रभावका बारेमा पर्सा क्षेत्र नं. १ का सभासद राजेन्द्र बहादुर अमात्य लगायत नेपाली कांग्रेसको टोलीले स्थलगत निरिक्षण तथा अवलोकन गर्ने कार्य प्रारम्भ गरेको छ ।  सभासद अमात्य सहितको टोलीले आज पर्साको बैरिया विर्ता गाविसमा पुगेर भुकम्पले पुर्याएको क्षति, विद्यालय, गाविस भवनको अवस्था तथा स्थानिय प्रभावित वासिन्दाहरुको घरहरुको समेत स्थलगत निरिक्षण गरेको थियो…

Read More

भूकम्पपछि घर बिमा गर्नेको सङ्ख्या वृद्धि

0

वीरगंज, १ जेठ÷वैशाख १२ को भूकम्पपछि भवनहरुको इन्स्योरेन्स गर्नेहरुको सङ्ख्या वृद्धि भएको छ । बिमा समितिले दुई वर्ष अगाडि अग्नी बिमा गर्नेहरुको हकमा अनिवार्यरुपमा घरको बिमा गर्नुपर्ने प्रावधान राखेपछि बैंकिङ कारोबारमा संलग्न व्यापारीहरुले घर बिमा अनिवार्यताको विरोध गर्दै आएका थिए । उनीहरुले घरको बिमालाई अनिवार्य गर्न नहुने भन्दै दबाब दिंदै आएको एक इन्स्योरेन्स कम्पनीका प्रबन्धकले बताए । अहिले आएर बैंकिङ कारोबारमा संलग्न व्यापारीका साथै गैरबैंकिङ…

Read More