Browsing: ब्रेकिंग न्यूज

प्रदेश नं. २ सरकारको नीति तथा कार्यक्रम पारित

0

धनुषा, ३ वैशाख / प्रदेश नं २ को आज बसेको प्रदेशसभा बैठकमा सरकारको नीति तथा कार्यक्रमलाई बहुमतले पारित गरेको छ । गत चैत २८ गते प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम विधेयक पेश गर्नुभएको थियो भने सरकारका नीति तथा कार्यक्रम प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले बुधबार प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत नीति तथा कार्यक्रममाथि व्यापक छलफलपछि आजको प्रदेशसभा बैठकले त्यसलाई…

Read More

श्री लक्ष्मी नारायण विष्णु महायज्ञको तयारी पुरा 

0

वीरगंज २ वैशाख ।वीरगंजको कुम्हालटोल स्थित सामुदायिक प्रहरी सेवा केन्द्र सँगै रहेको हनुमान मन्दिर परिसरमा हुन लागेको लक्ष्मी नारायण विष्णु महायज्ञको सम्पुर्ण तयारी पुरा भएको छ । महायज्ञ स्थलमा आज आयोजित पत्रकार सम्मेलनमा महायज्ञका मुख्य संयोजक अशोक कुमार गुप्ताले सम्पूर्ण तयारी पुरा भएको बताउनु भयो । बैशाख ४ गते विहान ८ बजे भब्य रुपमा हनुमान मन्दिर प्राङ्गणबाट कलश यात्रा निकालिने र यज्ञ प्रारम्भ बैशाख ५…

Read More

इन्टर लायन्स क्रिकेट टूर्नामेंट सम्पन्न

0

वीरगंज, २६ फागुन ।आपसी सौहार्दताको उद्देश्यले अभिप्रेरित भई लायन्स क्लवले वीरगंजमा क्रिकेट टूर्नामेंट प्रतियोगिताको आयोजना गर्यो । वीरगंजस्थित आदर्शनगर रंगशालामा लायन्स क्लव अफ वीरगंज राइजिंगको आयोजनामा आयोजना गरिएको सो टूर्नामेंटमा लायन्स क्लव अफ वीरगंज सिल्वर स्प्रिंग, वाकिंग टीम, गेटवे, मिलिनीयम, अदर्शनगर, राइजिंग, यूथ र नर्थसहित गरि ८ वटा क्लवको सहभागिताका रहेको लायन्स क्लवका एम्बेसडर अफ गभर्नर उमेश साह कानुले जानकारी दिनु भयो । वीरगंज महानगरका…

Read More

सेस्मी इन्टरनेशनल स्कुलको १४ औं वार्षिक उत्सव सम्पन्न

0

वीरगंज २६ फागुन ।सेस्मी इन्टरनेशनल १४ औं वार्षिक उत्सव आज एक समारोहका बिच सम्पन्न  भएको छ । विद्यालयका प्रबन्ध निर्देशक मनोज यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वीरगंज महानगरपालिकाकी उपमेयर शान्ति कार्की र जिल्ला शिक्षा अधिकारी बरखु प्रसाद रजकले कार्यक्रमको संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक डा. गणेश रेग्मी, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, शिक्षाविद…

Read More

वीरगंज जेसिसको आयोजनामा इन्टर स्कुल सुपर सिक्स क्रिकेट प्रतियोगिता सम्पन्न

0

वीरगंज, फागुन १५। वीरगंज जेसिसको आयोजनामा इन्टर स्कुल सुपर सिक्स क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । वीरगंज जेसिसका अध्यक्ष दिलिप ढुङ्गगेलको अध्यक्षतामा भएको उदघाटन समारोहमा प्रमुख अतिथी जिल्ला खेलकुद विकास समिती पर्साका कार्यवाहक अध्यक्ष निसान्त कुमार लामिछाने रहनु भएको थियो । कार्यक्रममा पर्सा क्रिकेट संघका अध्यक्ष दाउद अंसारी, बिक्रम साह, मुर्तुजा हवारी, बिभिन्न स्कुलका प्रधानाधयापक लगायत बिधार्थीहरुको सहभागिता रहेको थियो । नारायणी रंगशालामा आयोजित प्रतियोगितामा…

Read More

संघिय प्रेस फोरमको पर्सा शाखा गठन

0

बीरगन्ज,फागुन ४  ।संघिय समाजवादी फोरम निकटको पत्रकारहरुको संगठन संघिय प्रेस फोरमको पर्सा शाखा गठन भएको छ । नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा आज सम्पन कार्यक्रममा आर।के। पटेलको अध्यक्षतामा १३ सदस्यि कार्यसमितीको घोषणा गरिएको हो । बिजय कुशवाहाको अध्यक्षतामा भएको घोषणा कार्यक्रममा फोरम पर्साका अध्यक्ष तथा सांसद प्रदिप यादवले संघिय प्रेस फोरम पर्साको घोषणा गर्नु भयो । समितीको उपाध्यक्षमा श्याम कुशवाहा , लालबाबु बानिया, सचिवमा आशु…

Read More

एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त,४ बजे सपथ लिने

0

काठमाडौं,फागुन ३- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न एमाले र माओवादीले बिहीबार नै राष्ट्रपति समक्ष समर्थनको पत्र बुझाएका थिए । निर्वाचन आयोगले बुधबार मात्र प्रतिनिधिसभा निर्वाचनको अन्तिम परीणाम बुझाएसँगै सरकार गठनको बाटो खुलेको थियो ।नवनियुक्त प्रधानमन्त्री ओलीले दिउँसो ४ बजे सपथ…

Read More

सातौ गोपाल गोतामे पत्रकारिता पुरस्कार भोला पासवानलाई प्रदान

0

वीरगंज, २ फागुन ।सातौं गोपाल गोतामे पत्रकारिता पुरस्कार सप्तरीबाट प्रकाशित कञ्चनपुर साप्ताहिकका सम्पादक भोलाकुमार पासवानलाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ, पर्सा शाखाको सभाकक्षमा आज पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठान, वीरगंजले आयोजना गरेको कार्यक्रममा वीरगंज महानगरका मेयर विजय सरावगीले १ तोला सुन मेडल, प्रमाणपत्रद्वारा पासवानलाई पुरस्कृत गरेका हुन् । कार्यक्रममा बोल्दै मेयर सरावगीले आफ नो जमानाको चर्चित पत्रकार गोपाल गोतामेको स्मरणमा प्रतिष्ठानले प्रदान गर्दै आएको…

Read More

वीरगंजमा २३ औं जनयुद्ध दिवसमा अन्तरक्रिया, रक्तदान

0

वीरगंज, १ फागुन । २३ औं जनयुद्ध दिवसको अवसरमा वीरगंजमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । वाईसीएल पर्साले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रमा प्रदेश ईन्र्चाज तथा केन्द्रिय उपाध्यक्ष लालेन्द्रकुमार मण्डल, माओवादी केन्द्रका पर्सा संयोजक बाबुराम कौशिक, एमाले पर्सा संयोजक प्रभु हजरा, युवा नेता अरबिन्द सिंह, छिपहरमाई गाँउपालिकाका अध्यक्ष मनोज गुप्ता, रामबाबु बैठा, प्रभाकर गुप्ता, शिवम साह, शिवशंकर यादव, बिमल पौडेल, संजिवकुमार गुप्तालगायतको उपस्थिती थियो । कार्यक्रम…

Read More

स्वर्गीय गोपाल गिरी कृयाशिल पत्रकारिता पुरुस्कार पत्रकार साह र गौतमलाई

0

बीरगंज १ फागुण । स्वर्गीय गोपाल गिरी स्मृति पत्रकारिता पुरुस्कार पर्साका २ जना पत्रकारहरुलाई प्रदान गरिएको छ । गत वर्ष र यस वर्ष गरि दुई वर्षको स्व. गोपाल गिरी क्रियाशिल पत्रकारिता पुरस्कार कार्यक्रममा प्रदान गरिएको थियो । नेपाल पत्रकार महासंघ पर्साले स्थापना गरेको स्वर्गीय पत्रकार गोपाल गिरि क्रियाशिल पत्रकारिता पुरस्कार पत्रकार महेशचन्द्र गौतम र ध्रुव साहलाई प्रदान गरिएको हो । नेपाल पत्रकार महासंघ पर्सा शाखाका पूर्व…

Read More