birgunjpati

नागरिकता र राहदानीको समस्या समाधान गरिदिन ल्हासाका नेपालीहरुको आग्रह

0

वीरगंज अषाढ ८  चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेका नेपालीले नागरिकता र राहदानीको समस्या समाधान गरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् । उनीहरुले राहदानी र नागरिकताका कारण आफूहरुलाई समस्या परेको भन्दै कुनै न कुनै उपायबाट समस्याको समाधान गरिदिन आग्रह गरेका हुन् ।चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओली आज ल्हासा आइपुगेका हुन ।नेपाली महावाणिज्य दूतावासले आयोजना गरेको कार्यक्रममा नेपाली व्यापारीले प्रधानमन्त्रीसहितको नेपाली प्रतिनिधिमण्डललाई दुई देशबीचको व्यापार, वाणिज्य…

Read More

ब्राजिल र कोष्टारिका दुवै पहिलो जित निकाल्ने दवावमा

0

वीरगंज अषाढ ७ विश्वकप सुरु हुनु अघि ब्राजिललाई विश्वकपको सबैभन्दा बलियो दावेदारको रुपमो हेरिएको थियो ।तर, पहिलो खेलमा स्वीट्जरल्याण्डसँग एक एक गोलको बराबरी खेलेसँगै ब्राजिलको पहिलो विश्वकप यात्रा अपेक्षित रहेन ।त्यही ब्राजिलले रुसको सेन्ट पिटर्सवर्ग रंगशालामा आज महादेशीय प्रशिद्वन्द्वी कोष्टारिकासँग खेल्दा पहिलो जितको खोजीमा हुनेछ ।समूह ई बाट ब्राजिल र कोष्टारिका आमने सामने हुँदा आजै यही समूहको सर्बिया र स्वीट्जरल्याण्डको खेल पनि हुँदैछ ।विश्वकपको सुरुआती…

Read More

महाधिवेशनपछि एउटा मात्र अध्यक्ष राख्न राजपामा दबाब

0

वीरगंज अषाढ ७ राष्ट्रिय जनता पार्टी नेपालका अधिकांश नेताहरूले पार्टीमा ६ जना अध्यक्ष राख्दा पार्टी गतिहीन भएको आरोप लगाउँदै महाधिवेशनपछि एकजना मात्र अध्यक्ष राख्न दबाब दिएका छन्।तीनसम्म बसेको राजनीतिक समितिको बैठकमा अध्यक्षमण्डलका ६ सदस्य बाहेक अधिकांश नेताहरूले महाधिवेशन पछि राजपामा अध्यक्षमण्डल खारेज गरी एउटै अध्यक्ष राख्न दबाब दिएका हुन्।पार्टीमा आधा दर्जन अध्यक्ष राख्द पार्टी सुस्त भएको र हरेक निर्णयमा ढिला सुस्ती हुने गरेको उनीहरूले तर्क…

Read More

वीरगंजका सबै नाकामा निगरानी बढाउनुपर्नेमा सञ्चारकर्मीहरुका

0

वीरगंज अषाढ ६ वीरगञ्जका सबै नाकामा मानव बेचविखन विरुद्ध निगरानी बढाउनुपर्नेमा सञ्चारकर्मीहरुले जोड दिएका छन् । मानव बेचविखन विरुद्ध काम गर्दै आएको संस्था माईती नेपालले वीरगञ्जमा आयोजना गरेको अन्र्तक्रियामा सञ्चारकर्मीहरुले त्यस्तो सुझाव दिएका हुन् । माईती नेपालले वीरगञ्जको मुख्य भन्सार नाकाको शंकराचार्य गेट र ठोरी नाकामा घुम्ती राखेर निगरानी गर्दै आएको छ ।हाम्रो आवाज मानब वेचविखन बाट मुक्त समाज भन्ने नाराका साथ संस्थाले बुधबार मानव…

Read More

पर्सागढी नगरपालीकाको सहयोगमा जेष्ठ नागरिकलाई सम्मान

0

वीरगंज अषाढ ६ पर्साको पर्सागढी नगरपालीकाको सहयोग तथा वडा ४ को आयोजनामा आज जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । वडा अध्यक्ष सम्सुदीन साह देवानको अध्यक्षतामा आयोजित कार्यक्रममा १०५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथी मेयर लोकनारायण यादव, वडा सदस्यहरू पुष्पा कुमारी,शेख फैयाज, चनरकली,राम प्रसाद पाठक, वडा सचिव हिरा अर्याल, इलाका प्रशासन सिमराका नायबसुबा साबिर अंसारी  ,बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष अच्छेलाल यादब…

Read More

जानकी मेडिकल कलेजका कर्मचारी र विद्यार्थी आन्दोलित

0

वीरगंज अषाढ ६ धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारी र अध्ययनरत विद्यार्थीहरु आज सडक अवरुद्ध गर्दै आन्दोलनमा उत्रेका छन् ।कर्मचारी र विद्यार्थीले जनकपुर ढल्केवर सडक खण्डमा टायर बाल्नुका साथै सडक नै अवरुद्ध गर्दै आन्दोलनमा उत्रेका हुन् ।कर्मचारी र विद्यार्थीको आन्दोलनको कारण केही बेर सो क्षेत्र तनावग्रस्त बनेको थियो । सडकमा टायर बाली आन्दोलनमा उत्रेका कर्मचारी र विद्यार्थीहरुलाई प्रहरीले बल प्रयोग गरी हटाएको छ…

Read More

पर्सागढी नगरपालीकाको सहयोगमा जेष्ठ नागरिकलाई सम्मान

0

वीरगंज अषाढ ६ पर्साको पर्सागढी नगरपालीकाको सहयोग तथा वडा ४ को आयोजनामा आज जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । वडा अध्यक्ष सम्सुदीन साह देवानको अध्यक्षतामा आयोजित कार्यक्रममा १०५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथी मेयर लोकनारायण यादव, वडा सदस्यहरू पुष्पा कुमारी,शेख फैयाज, चनरकली,राम प्रसाद पाठक, वडा सचिव हिरा अर्याल, इलाका प्रशासन सिमराका नायबसुबा साबिर अंसारी  ,बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष अच्छेलाल यादब…

Read More

धनकुटामा बस दुर्घटना हुँदा ३४ जना घाइते

0

वीरगंज अषाढ ५ कोसी राजमार्गअन्तर्गत् धनकुटाको भेडेटार–६ स्थित भोजपुरे(गोलाइमा आज एक यात्रीबाहक बस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन् ।रौतहटबाट धनकुटाको पाख्रिबास कृषि अनुसन्धान केन्द्रतर्फ कृषि भ्रमणको टोली लिएर जाँदै गरेको ना५ख ३३२८ नम्बरको बस ब्रेकफेल भइ दुर्घटना भएको जनाइएको छ ।घाइतेहरुमध्ये चारजना गम्भीर रहेको भेडेटार प्रहरीचौकीका इन्चार्ज म्यामबहादुर बस्नेतले जानकारी दिए ।बस सडकदेखि करिब १०० मिटर तल खसेको ट्राफिक प्रहरी कार्यालय धनकुटाले जनाएको…

Read More

ट्यांकर चालक र निगमबीच सहमति, आन्दोलन फिर्ता

0

वीरगंज अषाढ ५ ढुवानीकर्तासँग तलब भत्ताको माग राख्दै ढुवानी ठप्प पारेका पोखराका ट्यांकर चालकहरु आन्दोलन फिर्ता लिन सहमत भएका छन् ।नेपाल आयल निगम, पोखरा डिपो र ट्यांकर चालकबीच सहमति भएसँगै ट्यांकर चालकहरु आन्दोलन फिर्ता लिएर तेल बोक्न राजी भएका हुन् ।पेट्रोलियम पदार्थ बोक्ने चालकहरुले ढुवानीकर्ताले तलब भत्ता नदिएको भन्दै सोमबारबाट इन्धन ढुवानी ठप्प पारेका थिए । लगत्तै निगमले वार्तामा बसेर समस्याको समाधान खोज्न आग्रह गरेको…

Read More

विश्वकप फुटबलमा आजका तीनवटै खेल रोमाञ्चक

0

वीरगंज अषाढ ४ विश्वकप फुटबलमा आज तीन खेल हुनेछन् । समूह एफ को खेलमा स्वीडेन र दक्षिण कोरिया भिड्नेछन् ।यो खेल नेपाली समय अनुसार वेलुकी पौने ६ वजे नोभ्गोरोद रंगशालामा हुनेछ । राति पौने ९ बजे सोचीको ओलम्पिक रंगशालामा बेल्जियमले पानामासँग खेल्नेछ ।एडिन हाजार्ड, रोमेलु लुकाकु, केभिन डे ब्रायन जस्ता स्टार खेलाडीहरुले भरिएको बेल्जियमलाई रुस विश्वकपको उपाधि दावेदारको रुपमा हेरिएको छ ।समुह जी कै अर्को…

Read More