सन्तोष देवकाेटा, काठ्माण्डाै,३० भदौ । नेपाली सांगीतिक इतिहासमै प्रथम पटक प्रस्तुति रहेको लण्डनस्थित संसारकै शुप्रशिद्ध रोयल एल्बर्ट हलमा गत 28 June 2015 का दिन सम्पन्न “an evening for GORKHA” नेपाली सांगीतिक कार्यक्रमबाट गोर्खाको सहयोगार्थ यस एैतिहासिक कार्यक्रम व्यवस्थापन तथा सञ्चालनार्थ ख़र्च कटाएर बेलायति पाउण्ड स्टर्लिंग रकम £ 25,206.08 (झण्डै साढे ४१ लाख नेपाली रूपैयाँ) संकलन भएको छ ।

यस महान सांगीतिक अभियानका अभियन्ता तथा परिकल्पनाकार गायक, संगीतकार योगेश्वर अमात्यले खोजी रेडियोसंग कुरा गर्दै भन्नुभयो, “मिडियाका दिदी बहिनी साथी भाइहरुलाई कोटि का कोटि धन्यवाद सबैका घर घरमा समाचार पुगाई दिनुभएको कारण अनि सहयोगको लागि तपाइहरूप्रति अाभारी छु र अागामी दिनहरूमा पनि यहाँहरूको यस्तै सदासयता र सहयोग मिलिनै रहनेछ, विश्वस्त छु ।”

गायक तथा संगीतकार अमात्यले भन्नुभयो, “लण्डनमा कुनैपनि किसिमको अावश्यक बिदा लिन कमसेकम ३० दिन अगाड़ी जानकारी दिनु पर्ने भएको तर हामीले तयारी, व्यव्स्थापन तथा भिजा प्रक्रियाका कारणवस कार्यक्रम सञ्चालन हुने २२ दिन अघिदेखि मात्र टिकट बेच्न पाएको जानकारी पनि दिन चाहन्छु, यस कम अवधिमा समेत बेलायत लगायत, वेल्स, जर्मनी लगायतका देशबाट यस महाअभियानमा उत्साहजनक सहभागी भएर गर्नुभएको सहयोगका लागि म र मेरो समूह ती तमाम शुभचिन्तक श्रोता, साथी नेपाली दिदिबहिनीहरूमा कृतज्ञता व्यक्त गर्दछु । साथै ब्रिटिस एेम्बेसी काठमाड़ौ र DCM MR GUY HARRISON लाई पनि कोटि-कोटि धन्यवाद ।” || जय देश ||

यसरी संकलित रकमलार्इ १२ बैशाख २०७२ को महाभूकम्पबाट अत्यधिक ग्रसित भएको गाेर्खामा विभिन्न क्षेत्रमा सहयोग प्रदान गरीने कुरा यस अघि नै अायोजकले जानकारी दिइसकेको छ ।