वीरगंज, १० पुस । वीरगंजकै बहुचर्चित, पुरानो र प्रतिष्ठित दही पसलको नामले प्रसिद्धि कमाएको भरत दही एण्ड स्वीट्सले वातावरणीय सन्तुलन कायम राख्ने तथा प्राकृतिक रुपमा वीरगंजलाई हराभरा बनाउने उद्देश्यले माइस्थानमा वृक्षरोपण गरेको छ ।

भरत दही एण्ड स्वीट्स एवम प्रकृति सेवा प्रतिष्ठानको संयुक्त आयोजनामा माइस्थानस्थित ॐ स्वीट्स कर्नर अगाड़ी भरत दही एण्ड स्वीट्सका संचालक भरत साह कानुले वृक्षरोपण गर्नु भयो ।

वृक्षरोपणले माइस्थान मन्दिर अगाडिको सौन्दर्यता बढाउने मात्र नभई आगन्तुकलाई छहारीको साथै ऑक्सिजनको आपूर्ति समेत गर्न मद्दत पुग्ने भएकोले वृक्षरोपण गरिएको भरत दही एण्ड स्वीट्सका संचालक भरत साह कानुले बताउनु भयो ।

उहाँले वातावरणीय शुद्धताका लागि माइस्थान लगायत सबै क्षेत्रमा वृक्षरोपण गर्नुपर्ने क़ुरामा जोड़ दिनु भयो ।

सो कार्यक्रममा प्रकृति सेवा प्रतिष्ठान, नेपालका जसपाल सिंह, हरिकान्त पटेल, लायन्स क्लब का अम्बेसडर ऑफ गवर्नर उमेश साह कानु, लायन्स क्लवका सीनियर मेम्बर आर।एस। खेतानलगायतको उपस्थिति थियो ।

भरत दही एण्ड स्वीट्सले ५५ वर्ष देखि वीरगंज र पर्साका दही पारखीहरुलाई शुद्ध दही, घ्यू, मिठाई लगायतका सामग्री उपलब्ध गराएर प्रसिद्धि कमाएको छ ।