बीरगंज, १६ असोज । दुर्गा पुजा सेवा समिती रानीघाटले दुर्गा पुजाको अवसरमा रक्तदान कार्यक्रमको आयोेजना गरेको छ । रानीघाट चोकमा आयोजित रक्तदान कार्यक्रममा ८ महिला सहित सय जनाले रक्तदान गरेका छन । दुर्गा पुजाको अवसरमा चौथो पटक सेवा समितीले रक्तदान कार्यक्रमको आयोजना गरिएको समितीका सल्लाहकार सतिश सिंह राजपुतले जनाएका छन । समितीका अध्यक्ष रबि रौनियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निलम कुशवाहा, चन्दा देवी, हलिफन खातुन, सर्मिला सिंह, दिप्ती बर्णवाल, ऋति बर्मा, हनुका मानन्धर, बबिता ब्याहुत, नुरुल होदा, सुरज साह, अनिल सर्राफ, राजु गुप्ता, किरण गुप्ता, सतिश सिंह राजपुत, मुकेश पटेल, सुमित सर्राफ, बिकास रौनियार, अजय रौनियार लगायतले रक्तदान गरेका थिए । कार्यक्रमको उद्घाटन समाजसेवी बाबुलाल क्यालले गरेका थिए । कार्यक्रममा समितीका सल्लाहकार गोपाल रौनियार, मन्टुसिंह राजपुत, राजु गुप्ता, सतिश सिंह राजपुतले रक्तदानको महत्वबारे चर्चा गरेका थिए ।