वीरगंज, ७ पुस÷ जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी कार्यालय, श्रीपुरको टोलीले आज वीरगंजको रानीघाटमा रहेको ६ वटा मदिराभट्टी नष्ट गरेको छ । रानीघाटमा सञ्चालित अवैध मदिरा भट्टीबाट ६ हजार लिटर कच्चा पदार्थ, ३ सय लिटर तयारी मदिरालगायत मदिरा बनाउन प्रयोग हुने भाडाकुडा नष्ट गरिएको प्रहरीले जनाएको छ । प्रहरीले सञ्चालक ६ जनामध्ये रामबाबू साहलाई पक्राउ गरेको छ । अन्य मदिरा सञ्चालक दुर्गा लामा, सुरेश लामालगायत चारजनाविरूद्ध समेत मुद्दा चलाएको प्रहरीले जनााएको छ । साहबाहेक बाकी भट्टी सञ्चालकहरू फरार रहेको प्रहरीले जनाएको छ ।