वीरगंज, ८ पुस । ५५ थान खाना पकाउने भारतीय ग्यास सिलिण्डर बरामद गरेको जिप्रका पर्साले जनाएको छ । हिजो राती प्रहरी चौकी बलुवाको टोलिले पिडारीगुठीबाट भित्रिएको नम्बर प्लेट नभएको ट्रेक्टरमा लोड ५५ थान ग्याससहितको भारतीय सिलिण्डरलाई महादेवपट्टी गाविसमा रहेको जिराभवानी मन्दिरनजिकबाट बरामद गरेको बताएको छ । बरामद भारतीय सिलिण्डर र टे«क्टरलाई आज आवश्यक कार्यवाहीको लागि वीरगंज भंसार कार्यालयमा बुझाइएको जिप्रका पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले संचारकर्मीहरुलाई बताए ।