वीरगंज, ११ साउन । जैन श्वेताम्बर तेह्रापन्थ महिला मण्डल बीरगंजको सहयोगमा ४५ जना मोतियाविन्दुका बिरामीहरुको निशुल्क शल्यकृया गरिएको छ । परवानीपुरस्थित केडिया आँखा अस्पतालमा बारा र पर्सा जिल्लाका विभिन्न गाँउका गरीब, असहाय मोतियाविन्दु बिरामीको अपरेसन गरिएको हो । कलैया १३ की कलावती, सिमराकी कुन्ती, सिर्सियाका बालकिशोर साह, लगायतका गरी ४५ जना बिरामीको अपरेसन गरिएको तेह्रापन्थ महिला मण्डल बीरगंजकी नवनिर्वाचित अध्यक्ष सुमन वैद्यले बताउनुभयो । सो अवसरमा तेह्रपन्थ महिला मण्डलकी सल्लाहकार किरण मनोत, भुपु अध्यक्ष प्रिति वैद्य, निवर्तमान अध्यक्ष सुनिता भन्साली लगायतको उपस्थिति थियो ।