१७ जेठ, काठमाडौं ।

नुवाकोटमा भएको ३ सय बण्डल जस्ता काण्डका मुख्य अभियुक्त ठानिएका अर्थमन्त्री डा‍ रामशरण महतका स्वकिय सचिव ‘पीए’ रमेश महतले प्रस्न सोध्ने पत्रकारलाई नै कुटपीट गरेका छन् ।

राहतको जस्तपाता बेचेर खान खोजेको आरोपको स्पष्टिकरण दिन भृकुटीमण्डपमा पत्रकार सम्मेलन गरेका महतले आफुले जिल्ला प्रशासन तथा गाविसको समन्वयमा राहत बाँडेको बताएका थिए ।

लगत्तै पत्रकारले आफुसँग गाविस सचिव तथा सिडिओसँग अनुमति नलिएको भन्ने अडियो भएको बताए लगत्तै महसँगै रहेका ब्यक्तिले पत्रकारलाई कुर्सी उचालेर कुटेका हुन् ।

महतले स्पष्टिकरण दिँदै गर्दा कारोबार दैनिकका पत्रकारले प्रश्न सोधेपछि महतसँगै आएका उनका सहयोगीले पत्रकार कुटपीट गरेका हुन् । नुवाकोट कविलासका कृष्ण बोहरालाई प्रश्न सोधेपछि कुटपीट भएको हो ।

पत्रकार सम्मेलनमा बोहरालाई कुटपिट भएपछि पत्रकार सम्मेलननै बिथोलिन पुगेको हो ।उनलाई कांग्रेस कार्यकर्ताले कुटपिट गरेका छन् । कुटाइ खाने बोहोरा एमाओवादी कविलास गाउँका अध्यक्ष हुन् ।

इन्भेष्टमेन्ट बैकले नुवाकोटको कविलास गाविसका लागि राहत स्वरुप दिएको जस्तापाता काठमाडौं फर्काउँदै गर्दा स्थानीयको नियन्त्रणमाग्री दुरुपयोग गर्नेगरेको रहस्य खुलेको थियो ।