वीरगंज, ९ साउन ÷ नेपाली कांग्रेसका संस्थापक विश्वेश्वर प्रसाद कोइरालाको ३३ औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस पर्साले आज वीरगंज १९ भुटनदेवी मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेस १९ नम्बर वडाका बुथ सभापति रामजी प्रसाद चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न प्रजातिका एक सय ५० विरुवा रोपिएका छन् ।

नेपाली कांगे्रसका नेता श्याम पोखरेलको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रममा, प्रकाश उपाध्याय, महिला नेत्री भवानी घिमिरे, शिवा यादव, नगर कार्य समिति सचिव मनोहर साह, सन्तोष सिंह, मनोज पटेल, अशोक सर्राफ, लालदेव यादव लगायतकोे उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरेलले वी.पी.को विचारलाई ग्रहण गरी मेलमिलापको नीति अवलम्बन गर्न सके संविधान पनि चाँडै बन्ने विश्वास व्यक्त गर्नु भयो । कार्यक्रमको सहजीकरण दिलिपराज कार्कीले गर्नुभएको थियो ।