बीरगंज, १२ असार÷तमलोपाका उपाध्यक्ष हृदयेश त्रिपाठीले चार दल बिच भएको १६ बुंदे सम्झौता अन्तरिम संविधानको भावना विपरित भएको बताउनु भएको छ । आज वीरगन्जको होटल मकालुमा रिपोटर्स कल्ब द्धारा ओाजित पत्रकार सम्मेलनमा नेता त्रिपाठीले १६ बुंदे सम्झौता बाट पुरक संविधानको कल्पना गर्न नसकिने बताउनु भयो । फास्ट ट्रैकबाट अधुरो संविधान ल्याउने प्रयासले प्रतिगमन फक्रिने उहाले बताउनु भयो ।

कुनै व्यक्तिलाई प्रधानमंत्री बनाउनकालागि सत्ता बाड्फाट र सम्झौता भएकोले अधुरो संविधान आएमा आफुहरु बहिस्कार गर्ने नेता त्रिपाठीले बताउनु भयो । भुकम्प पिडीतलाई वितरण गर्ने पालमा भ्रष्टाचार गर्ने सरकारले अर्बाैको बिदेशी सहयोग पार्दर्शीरुपमा खर्च हुनुमा त्रिपाठीले शंका जाहेर गर्नु भयो ।

उहांले मधेशी, जनजाति, दलित, उत्पीडितहरुको आन्दोलनबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्नुको साटो कांगे्रस, एमाले, माओवादी लगायतका दलहरु सविधान सभाको औचित्य समाप्त गर्ने खेलमा लागेको आरोप लगाउनु भयो । उहांले मधेशमा मात्रै होईन पहाडमा पनि दलित, विपन्नवर्ग, जनजातिले जवरजस्ती चार दलले लादन खोजेको संविधान नमान्ने दावी गर्नुभयो । पत्रकार सम्मेलनमा तमलोपाका सह महामंत्री जितेन्द्र सोनल,सभासद रमेश पटेल, पर्साका अध्यक्ष रामतुल्लाह खान,दिपेन्द्र सिंह लगायतको सहभागिता रहेको थियो ।