वीरगंज, १६ भदौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले ठूलो मात्रामा अवैद्य सुन सहित ७ जनालाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका–१ का पेम्वा दोर्जे शेर्पालाई १४ किलो सुनसहित सामाखुसीबाट पक्राउ गरेको हो । तातोपानी र केरुङ नाका हुँदै सुन तस्करी गरी भारतसम्म र्पुयाउने धन्दामा सक्रिय रहेको सूचनाका आधारमा टोखा नगरपालिका–११, सामाखुशीस्थित शेर्पाको डेरा खानतलासी गर्दा दराजमा लुकाएको १४ किलो अवैध सुन बरामत गरिएको सीआईबीले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । साथै उनको समूहले भारतमा पैठारी गर्न लागेको १ केजी सुनसहित ४ जनालाई धनुषाबाट नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ ।