वीरगंज, २१ वैशाख। वीरगंज स्थित हिमालयन बैंकबाट सेवाग्राहीको रकम लुटेर फरार भएका दुइ जना भारतीय युवकलाइ प्रहरीले पक्राउ गरेको छ ।दिउँसो दुइ बजे बैंकमा रकम जम्मा गर्न गएका बारा कलैयाका वीरेन्द्र प्रसाद यादवको रु ५० हजार लुटेर फरार भएका भारतको मुजफ्फपुरका १७ वर्षीय नेहालकुमार कुर्मी र २१ वर्षीय सोनुकुमार कुर्मीलाइ प्रहरीले गहवामाइ मन्दिर पछाडिबाट लुटिएको रकम सहित पक्रेको हो ।यादवले काउन्टरमा रुपैयाँ राखेर भौचरमा हस्ताक्षर गर्ने क्रममा ती दुवै भारतीय युवकले रकम लिएर फरार भएका थिए ।रकम लुटेर भाग्दै गरेका उनीहरुलाइ यादवले लखेटदै जादा गहवामाइ मन्दिर पछाडिबाट प्रहरीले दुवै लुटेरालाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले बताए ।