बीरगंज, २३ साउन ÷ हिन्दु राष्ट्रको घोषणाको माग गर्दै आएको हिन्दु राष्ट्र संघर्ष समितीले साउन २५ गते सोमबार बीरगंज बन्दको आयोजना गरिएको बताएको छ ।

           नेपाल पत्रकार महासघ पर्साको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा समितीका ओमप्रकाश सिकारियाले विदेशीहरुको इशारामा देशका राजनीतिक दलका नेताहरमा मात्रको स्वार्थमा नेपाललाई हिन्दु राष्ट्रबाट धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएकोमा आपत्ति व्यक्त गर्नुभयो । वहाले नेपालमा बहुसंख्यक हिन्दुहरु भएकोले हिन्दु राष्ट्र हुनुपर्ने नत्र अनिष्ट हुन सक्ने चेतावनि पनि दिनुभयो । हिन्दु राष्ट्र नेपाल हुदा अन्य धर्मका मानिसहरु बढी सुरक्षित भएको तर विदेशीहरुको इशारामा नेपाललाई धर्म निरपेक्ष घोषित गरिएको हुनाले नया बन्न गैरहेको संविधानमा हिन्दु राष्ट्र घोषणा हुनुपर्ने माग गर्नुभयो । वहाले देशभरमा हिन्दु राष्ट्रको माग भैरहेको र सफल नेतृत्वको अभावमा हिन्दुहरु एकताबद्ध भएर संगठित भैनसकेका र एकदिन त्यो अवस्था आएको खण्डमा अहिले राष्ट्रलाई धर्मको नाममा बिक्री गर्नेहरु पछुताउनुपर्ने अवस्था आउन सक्ने चेतावनि दिनुभयो । वहाले हिन्दु राष्ट्रको लागि साउन २५ गते सोमवार हुने बन्दलाई सबै पक्षबाट सहयोग पु¥याएर सफल बनाउनका लागि अनुरोध पनि गर्नुभयो ।

             पत्रकार सम्मेलनमा हिन्दु युवा संघका अध्यक्ष ज्योतिलाल साहले बन्दलाई सफल बनाउन आग्रह गर्नुभयो । पत्रकार सम्मेलनमा हिन्दु राष्ट्र सघर्ष समितीका प्रवक्ता रंजित साहले संविधान सभामा आफनो ५ शुत्रिय मागहरु पठाइएको बारे पत्रकारहरुलाई जानकारी गराउनु भएको थियो । पत्रकार सम्मेलनमा बाबा शौरभनाथ, भुपेन्द्र पौडेल, पशुपति विक्रम शाह, पुरुषोत्तम दुबेलगायतको सहभागिता थियो ।