बीरगंज, २० साउन ÷ अमलेखगञ्ज गाबिसको आर्थिक हिसाव–किताव पारदर्शी नभएको भन्दै अमलेखगञ्ज संघर्ष समितिले पत्रकार सम्मेलनको आयोजना गरी बिरोधका कार्यक्रम सार्वजनिक गरेको छ । संघर्ष समितिले गाबिस सचिव बिजयकान्त झाले आर्थिक अनियमितता गरेको आरोप लगाएको छ । घोषित बिरोध कार्यक्रम अन्तर्गत संघर्ष समितिले आज गाबिस कार्यालय घेराउ गरेको छ । आर्थिक हिसाव–किताव पारदर्शी हुनुपर्ने भन्दै सघर्ष समितिले आज दिउसो १२ बजेदेखि ३ बजेसम्म तीनघण्टा गाबिस कार्यालय घेराउ गरेको थियो । आर्थिक हिसाव–कितावका बिषयमा गाबिस सचिव झासंग बुझ्न खोज्दा कुनै चासो नदेखाएका कारण बाध्य भएर बिरोधका कार्यक्रम सार्वजनिक गर्नुपरेको संघर्ष समितिका संयोजक जयन्ति थापाले बताउनुभयो । गाबिस सचिव झाले आर्थिक बर्ष २०७०÷७१ र ७१÷७२ को आर्थिक हिसाव–कितावमा अनियमितता गरेको संघर्ष समितिको आरोप छ । यसअघि साउन १७ गते गाबिस सचिव झाले आर्थिक हिसाव–किताव सार्वजनिक गर्ने लिखित प्रतिबद्धता जनाएका थिए । स्थानिय, नागरिक वडा मञ्जका संयोजक र बिभिन्न राजनीतिक दलका प्रतिनिधिहरmको रोहबरमा भएको लिखित सम्झौता अनुसार गाबिस सचिव झाले यहि साउन १७ गते हिसाव–किताव सार्वजनिक गर्नुपर्ने थियो । तर १७ गते हिसाव–किताव सार्वजनिक नगरेका गाबिस सचिव झाले पुनः आज दिउसो १ बजेसम्मका लागि समय मागेका थिए । तर पटक पटक समय मात्र माग्ने र हिसाब सार्वजनिक नगर्ने गरेको कारण स्थानियले अस्ति बिहान गाबिस कार्यालयमा तालाबन्दि समेत गरेका थिए ।