काठमाडौँ, २५ चैत्र नेपाल एयरलाइन्सको उडान हुँदै काठमाडौँबाट हङ्कङ जान लागेका नेपाली मुलका ब्रिटिस नागरिक अभिषेक लिम्बू गोली र खोकासहित आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । राहदानी नम्बर ५१२९९९०४३ रहेका लिम्बूले सुटकेशमा लुकाई लैजान लागेको एसएलआरको बुलेटजस्तो स्टिल रङको बुलेट बेल्ट राउन्ड ६१ थान र एक थान खोकासहित प्रहरीले पक्राउ गरेको हो ।