वीरगंज ३० पुस । स्वर्गीय केशव मारु क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उदघाट्न बीरगंज महानगरपालिकाको नगर प्रमुख बिजयकुमार सरावगीले गर्नु भएको थियो । उदघाटन समारोहमा रमेश अग्रवाल, उमेश शर्मा, रामअवतार खेतान, पर्साका प्रमुख जिल्ला अधिकारी बिनोदप्रकाश सिँह, प्रहरी उपरिक्षक डा. गणेश रेग्मी, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, बीरगंज उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष अशोक बैदलगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण संजय अग्रवालले गर्नुभएको थियो । प्रतियोगितामा कादम्बरी, साउथ जोन, जिवन ज्योति, डिएभी, डिपिएस,गौतम मा.बि, आर्दश, ज्ञान ज्योति , मनोकामना र जिएचपी स्कुलहरु सहभागि रहेको उमेश शर्माले बताउनु भयो ।