वीरगंज जेष्ठ २८

भारतको उत्तरपूूर्वी राज्य आसाममा सोमबार भूकम्प गएको छ । सो भूकम्प ५।१ म्याग्निच्यूडको रहेको अधिकारीले जानकारी दिएका छन् ।स्थानीय समयानुसार बिहान १०ः३० बजे भूकम्प गएको सो भूकम्पबाट प्रान्तीय राजधानी सहर आसामको दिसपुरबाट ११४ किलोमटिर पूर्वी क्षेत्र बढी प्रभावित भएको थियो ।तर, आसाम राज्यभर नै सो भूकम्पको कम्पन महसुस गरिएको बताइएको छ ।सो भूकम्पबाट हालसम्म मानवीय तथा भौतिक क्षतिको भने कुनै विवरण प्राप्त भएको छैन ।