वीरगंज, जेठ १९ ÷ स्वर्गीय राजा बिरेन्द्र शाहको १४ औं स्मृती दिवसको अबसरमा देशभक्त राजभक्त सेवक समुह पर्साले आज एक समारोहका बीच बीरगंजमा श्रद्धान्जली सभा गरेको छ ।

देशभक्त राजभक्त सेवक समुह पर्साका अध्यक्ष पशुपति रौनियारको अध्यक्षतामा सम्पन्न श्रद्धान्जली सभामा नेपाल भारत मैत्री संघ पर्साका अध्यक्ष राजकुमार सिन्धी, शिव सेना नेपालका अंचल संयोजक राजकिशोर चौवे, जेष्ठ नागरिक संघ पर्साका अध्यक्ष पशुपति बिक्रम शाह, समाज सेवी उषा शाह, प्रभात काब्य यात्राका संयोजक अरुण बिक्रम शाह, बिश्व हिन्दु महासंघका प्रभु पटेल, नेपाल बिद्वत परिषदका जिल्ला अध्यक्ष रामनारायण प्रसाद, किशोरी साह सोनार, सुबोध कर्ण, रेखा देबी कर्ण लगायतले स्वर्गिय पुर्व राजा विरेन्द्रको बारेमा चर्चा परिचर्चा गरेका थिए ।

आजको दिन वंश नाश भएको स्मरणमा वीउमनपा–१८ लक्षमणवामा श्रद्धान्जलि सभा गरिएको हो ।