बीरगंज २२ जेठ ।पर्साको भिखमपुर स्थित नेरा.मा.वि. पिपरामा कान नसुन्ने बहिरा तथा बोल्न नसक्ने बालबालिका लागि शुक्रबार स्वतन्त्र मानव अधिकार समाज केन्द्रिय कार्यालय वीरगंजले शैक्षिक सामग्री, फलफुल तथा मिठाइ र विस्कुट समेत एक समारोहका विच वितरण गरेको छ ।

बहिरा तथा लाटाहरुका लागि संचालित  भिखमपुर प्राविमा अध्ययनरत १० जना विद्यार्थीहरुका लागि समाजले शैक्षिक समाग्री ,फलफुल, मिठाइ तथा विस्कुट वितरण गरेको हो । यस्तै विरगंजका समाजसेवी संजय जोशीले पनि सोही विद्यार्थीहरुलाई एक हजार पाच सय नगद बितरण गर्नु भएको छ ।

समाजका सभापति कृष्ण कुमार खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासचिव ध्रुव अधिकारी, केन्द्रिय सदस्यहरु गौरव सन्तोष पटेल,लालबाबु सिंह,सल्लाहकार प्रकाश कुमार गुप्ता,बरिष्ठ समाजसेवी मुकेश सरावगी, सदभावना पार्टीका का केन्द्रिय सदस्य निजामुदिन समानी, स्थानीय संचारकर्मी धमेन्द्र चौरसिया, पर्सा ग्रामिण सुचना केन्द्रका प्रमोद यादव, चिरञ्जिवी यादव लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा बालबालिकाको पालन पोषण गर्नु भएकी सुनिता लामाले बालबालिकाको खानाका लागि प्रति व्यक्ति मासिक २५ सय रुपैया शिक्षा मन्त्रालयले उपलब्ध गराएको र उनिहरुका लागि लत्ताकपडा, पाठय सामाग्री, बेड, विस्तारा, टेलिभिजन लगायतका सामाग्री नहुदा निक्कै अप्ठ्यारोको स्थिती सृजना भएको बताउनु भयो ।