बीरगंज, २८ साउन ÷भारतीय स्वतन्त्रता दिवसलाई मध्यनजर राख्दै भारतको विहार राज्यसंग जोडिएको विरगंज लगायत वारा, पर्सा, रौतहटको सिमाक्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । भारतीय एसएसबीले भारतको सीमासँग जोडिएको वारा, पर्सा, रौतहटको विभिन्न नाकाहरुमा सूरक्षा व्यवस्था कडा पारी चेकजाँच शुरु गरिएको छ । नेपाली सीमा भएर साधु सन्त, घुमन्ते तथा कांवरियाको भेषमा अन्य व्यक्ति भारत प्रवेश गर्न सक्ने आशंकामा सीमामा कडाइ गरिएको बताईएको छ ।

स्वतन्त्रता दिवस र श्रावणी मेलाको अवसरमा भारतमा हमला हुन सक्ने आंशकाले सिमा क्षेत्रमाकडा सुरक्षाव्यवस्थामिलाईएको भारतीय उच्च सुरक्षा श्रोतले सुरक्षा स्थितिलाई ध्यानमा राखि भारतले सीमामा रहेको प्रहरी चौकीहरुलाई पनि हाईएलर्ट गरेको छ भने नेपाल तर्फको सुरक्षाकर्मीहरुले पनि सीमामा आउजाउ गर्नेहरुको चेक जाँचमा कडा गरेको छ । अहिले विशेष गरी वीरगंज रक्सौल नाकाको सिमा पारी भारतीय सुरक्षाकर्मीले  नाईट भिजन क्यामराबाट पनि सिमाक्षेत्रको गतिविधि निगरानी गरि रहेको छ । यसैगरी भारतीय सुरक्षाकर्मीहरुले सीमासँगै रहेको भारतीय गाउँका स्थानीयलाई आ आफनो घरमा पनि संदिग्धलाई वास बस्न नदिन सूचना जारि गरिएको छ। सीमामा रहेको दुवैं तर्फको बाजार होटल र लजहरुमा निगरानी बढाइएको रक्सौल स्थित एसएसवी फोर्सले जनाएको छ । विगत एक साता अगाडी भारतको बेतियामा सम्पन्न नेपाल र भारतको सुरक्षा निकायबीच भएको आन्तरिक वैठकबाट भारतमा १५ अगस्तका दिन मनाईने स्वतन्त्रता दिवससम्म पाँच दिन सीमामा कडाईका साथ चेक जाँच गर्न सहमति भए अनुसारअहिले सिमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाईएको सशस्त्र प्रहरी सिमासुरक्षा बल पर्साले जनाएको छ । अपारधिक गतिविधिमा संलग्नहरु माथि विशेष निगरानी बढाइएको र श्रावण महिनाको मौका छोपी काँवरियाको भेष बदलेर बाबाधाम जाने उद्देश्यले अपारधकि कार्यमा संलग्नहरु भारत प्रवेश गर्न सक्ने स्थितलाई ध्यानमा राखि मूख्यरुपमा नेपालबाट भारत तर्फ जाने काँवरियाहरुको पोकापन्तुरा समेत खोलेर चेक जाँच कार्य भईरहेको प्रहरीले जनाएको छ ।