काठमाडौं , २३ भदौ। बाबुराम भट्टराईले एमाओवादीका मधेसी नेताहरुलाई आफ्नो निवासमा भेट गरेपछि दङ्गाग्रस्त क्षेत्रबाट सेना फिर्ता बोलाएर आन्दोलन दलसँग वार्ता गरि समस्याको समाधान हुनु पर्ने बताएका छन ।    भट्टराईले सरकारमा रहेका दलहरुले आवश्यक लचकता र जिम्मेवारी प्रदर्शन गर्दै तुरुन्तै सेना फिर्ता गरेर आन्दोलनकारीसंग वार्ता गर्ने र राजनीतिक समाधान खोज्ने प्रयत्न गर्नु पर्ने बताएका छन् पार्टीका मधेसी नेता रामचन्द्र झा, विश्वनाथ साह, रामकुमार शर्मा लगायतले आज बिहान भट्टराई निवास मा  यनीसंग भेट गरेका  थिए   हाम्रो पार्टी एमाओवादीका मधेसका नेता र सभासद्हरू समेतबाट पछिल्लो चरणको तराईरमधेसको स्थिति बुझ्दा त्यो अत्यन्त गम्भीर दिशातिर उन्मुख भैरहेको जानकारी गराएका छन ।