वीरगंज अषाढ ७

राष्ट्रिय जनता पार्टी नेपालका अधिकांश नेताहरूले पार्टीमा ६ जना अध्यक्ष राख्दा पार्टी गतिहीन भएको आरोप लगाउँदै महाधिवेशनपछि एकजना मात्र अध्यक्ष राख्न दबाब दिएका छन्।तीनसम्म बसेको राजनीतिक समितिको बैठकमा अध्यक्षमण्डलका ६ सदस्य बाहेक अधिकांश नेताहरूले महाधिवेशन पछि राजपामा अध्यक्षमण्डल खारेज गरी एउटै अध्यक्ष राख्न दबाब दिएका हुन्।पार्टीमा आधा दर्जन अध्यक्ष राख्द पार्टी सुस्त भएको र हरेक निर्णयमा ढिला सुस्ती हुने गरेको उनीहरूले तर्क राखेका थिए । बैठकमा अध्यक्ष पछि दोस्रो तहका नेताहरूले अध्यक्षमण्डलको चर्को आलोचना गरेका थिए ।अध्यक्षमण्डलका सदस्य सरतसिंह भण्डारीले महाधिवेशनपछि राजपामा एउटै अध्यक्ष राख्न राजनीतिक समितिको बैठकमा माग आएको स्वीकार गरे । गत तीन दिनदेखि बसेको राजपाको राजनीतिक समितिको बैठकले पार्टीको महाधिवेशन आगामी २०७६ वैशाख ७, ८ र ९ गते गर्ने निर्णय गरेको छ । महाधिवेशन गर्ने स्थान भने पछि चयन गरिने राजपाका नेताहरूले जनाएका छन्।