वीरगंज, ३० साउन । जिल्ला प्रहरी कार्यालय मकवानपुरले एककिलो सुनसहित एकजना युवकलाई पक्राउ गरेको छ । मकवानपुर प्रहरीका प्रवक्ता वामदेव गौत्तमले बा १२ च ६७९० नम्बरको गाडीमा सवार लहान नपा ८ बस्ने २६ वर्षिय नन्दकिशोर महतोलाई एककिलो सुनसहित पक्राउ गरिएको हो । पक्राउ परेको सुन, युवक र गाडीलाई आवश्यक कार्यवाहीको लागि राजस्व विभाग मध्यमाञ्चल इकाई पथलैया बारा पठाइएको प्रवक्ता गौत्तमले बताए ।