वीरगंज जेष्ठ २५

पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा २ गादीबाट  श्रीराम महतो उराँव लाई रंगपुर प्रहरीले पक्राउ गरेको छ ।  जंगलमा दाउरा लिन जाने महिलाहरु संग अभद्र ब्यवहार गर्ने उरावले आफुलाई नेपाल प्रहरी सिआईबी इन्सपेक्टर हो भनी धाक धाम्की दिएकोले प्रहरीले उराँव लाई पक्राउ गरेको जनाएको छ  । प्रहरीलाई दिएको प्रारम्भिक बयानमा उरावले जितपुरका सिद्धार्थ अग्रवालबाट ३ वर्ष अगाडी ५ हजार दिएर सो पदको नियुक्ति पत्र लिएको बताएका छन । प्रहरीले उरावलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर अनुसंधान गरिरहेको बताएको छ ।