वीरगंज, १७ भदौ÷ सीमा प्रहरी चौकी इनर्वाले ना.१ ख ८९८८ नं.को ट्रकबाट तीन कार्टुन लागूऔषध नरफिन बरामद गरेको छ । सुगम ट्रान्सपोर्ट रक्सौलबाट काठमाडौं जान लागेको कपडा, खानेतेल, स्प्रे लोड भएको सो ट्रकबाट लागू औषध बरामद भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । प्रहरीका अनुसार ट्रकभित्र लागूऔषधको कार्टुन लुकाइ ल्याइरहेको सूचनाका आधारमा ट्रक चेकजाच गर्दा लागूऔषध भेटिएको थियो । बरामद गरिएको सामान तथा ट्रक, एवं ट्रान्सपोर्ट सञ्चालकलाई नियम अनुसार कारबाई हुने प्रहरीले जानकारी गराएको छ ।