वीरगंज, २५ भदौ । सिरहामा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा सिरहाको धनगढीमाई नगरपालिका १२ का ४० वर्षका लाटी पुलामी मगरको ज्यान गएको हो । भुइँमा खसेको बिजुलीको तारबाट करेन्ट लागेर मगरको ज्यान गएको प्रहरीले जनाएको छ । त्यसैगरी, लहान नगरपालिका १३ भाेिटयाटोलका ४० वर्षका विष्णु चौधरीको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ । घरमा विजुलीको फ्यूज बनाइ हेको बेला करेन्ट लागेर घाइते भएका चौधरीको उपचारको बलागि लहान लाँदै गर्दा बाटोमै ज्यान गएको इलाका प्रहरी कार्यालय लहानले जनाएको हो ।