वीरगंज ३ मंसिर ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सिमांकनको मुद्दा तत्काल संविधान संशोधन मार्फत टुङ्गियाउनु पर्ने कुरामा जोड दिनुभयो ।  नेपाली कांग्रेसका कार्यकर्ताहरुसंग आज वीरगंजको होटल भिष्वामा भेटघाट गर्दै वरिष्ठ नेता पौडेलले मधेशका समस्या समाधान नभए सम्म संविधान कार्यान्वयन नहुने र निर्वाचन पनि हुन नसक्ने हुंदा समस्या समाधानका लागि सबै गम्भिर हुनुपर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय चौरसिया, सांसद राजेन्द्र बहादुर अमात्य, कांगे्रसका क्षेत्रिय सभापतिहरु, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य एवं मधेश विभाग प्रमुख विजय कुशवाहा, महाधिवेशन प्रतिनिधिहरु अशोक गुप्ता, किरण सरकार, तरुण दलका पुर्व केन्द्रिय सदस्यद्वय मुकेश गुप्ता, नविन सिंह लगायतको सहभागिता रहेको थियो ।