वीरगंज, मंसिर ३ .
सिभिल बैंक लिमिटेड शाखा कार्यालय वीरगंजले हिजो बाराको फेटा गाउँपालिकामा वित्तिय साक्षरता अभियान अन्तर्गत घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । विपन्न वर्गहरुमा बैंकिङ्ग सेवाको पहँुच पु¥याउन भन्दै कार्यक्रमको अयोजना गरिएको बैंकका शाखा प्रमुख सन्तोष कुमार साहले बताउनु भयो । कार्यक्रममा सिभिल बैंक वीरगंज शाखाका कर्मचारीहरु प्रशान्त कर्ण, आरती मण्डल, मेरिना श्रेष्ठ, कृष्ण पौडेल, दिवश सर्राफ, शैलेन्द्र यादव, शेख फिरोज लगायत स्थानिय प्रतिष्ठीत व्यक्तिहरुको व्यापक सहभागिता रहेको थियो । साक्षरता अभियानलाई देशव्यापी रुपमा नै संचालन गरिने सिभिल बैंकले जनाएको छ ।