वीरगंज, बैशाख ५
सरकारले सिन्डिकेट खारेज गरेको विरोधमा वीरगंजमा पनि यातायात व्यवसायीहरुले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् । वीरगंजको हिमालय भान्सा घरमा पत्रकार सम्मेलन गरी व्यवसायिहरुले अनिश्चितकालीन यातायात बन्द लगायतका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका हुन् । वैशाख २१ गते घर तथा ग्यारेजमा गाडी थन्काउने र २७ गतेदेखि अनिश्चितकालीन यातायात बन्द गर्ने पहिलो चरणको आन्दोलनको कार्यक्रममा उल्लेख छ । नेपाल यातायात व्यवसायि महासंघका प्रदेश सदस्य जगरनाथ प्रसाद कलवारको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा प्रभु प्रसाद, राजन केसी, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम वन्जारा, पुर्व अध्यक्ष सत्रुघन नेपाल लगायतको उपस्थिती रहेको थियो ।