वीरगंज, २३ असार ÷ सार्वजनिक जग्गा पर्सा जिल्ला अदालतमा अंश मुद्दा गरी आफनो नाममा नम्बरी बनाउन सफल भएका हाल बीउमनपा–२० निवासी जोगी राउत डोमले आज पत्रकार सम्मेलन गरी बीरगंजका एक कानुन व्यावसायीले आफनो जग्गा हडपेको आरोप लगाएका छन ।

            पत्रकार महासंघ पर्साको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा जोगीले भने बाजे सम्पत राउत डोमको नाममा कित्ता नं. ९२ को ६ कठा जग्गा बुबा शंकर राउत डोमको निधनपछि आफनो नाममा नामसारी गराउने क्रममा कानुन व्यावसायी नौशाद मिया भाडले प्रपंच रचि आफनो छोरा र नातेदारको नाममा नामसारी गरेका बताए । उनले आफुसंग कानुन व्यावसायी भाडले जग्गा नामसारी गरिदिने भनि कागज लिएको र एकवर्षसम्म झुलाएको बताउदै एकवर्षपछि अदालतमा पत्निसंग अंश मुदा दायर गरी पछि मिलापत्र गर्न लगाएको बताए । उनले आफु र पत्नि अनपढ भएको कारण हुदै नभएको झगडामा अंशमुदा दायर गर्न लगाएको र सबै काम आफनो इच्छा बिपरित गरिएको दावी गरे । उनले अंशमुदा दायर गरेर मिलापत्र गरी प्राप्त जग्गाको आफनो नाममा लालपुर्जा नबनाएर छोरा जियाउल हक र अताउल हक राकीको छोरा ऐनामुल हक राकीको नाममा गरेकोमा आपत्ति व्यक्त गरे । उनले आफनो नामको जग्गा आफुलाई एकपैसा नदिएर कानुन व्यावसायीले आफनो नाममा गराएकोमा सोको भण्डाफोर गरिदिन पत्रकारहरुसंग आग्रह गरे ।

             यसबारेमा कानुन व्यावसायी भाडसंग बुझदा वहाले आफु डोमको कानुन व्यावसायी नभएको र निजसंग सातलाख नगद दिएर ३ कठ्ठा जग्गा खरिद गरेको बताउनुभयो । वहाले जोगी दरुवा भएको र उनले २० हजार मागेर तनाव गर्न खोजेको बताउदै ३ हजार मात्र दिएर पठाएपछि झुठा आरोप लगाएको बताए । उनले जोगी विरुद्ध आफुले प्रहरीमा उजुरी गर्ने चेतावनि पनि दिनुभयो । यता सो जग्गाको बारेमा अलौबासीहरु भने सार्वजनिक भएको र सोमा दलित स्कुल संचालनमा रहेको बताएका छन । ०२१ सालको नापनक्शामा सार्वजनिक रहेको कित्ता नंं ९२ को जग्गा पर्सा जिल्ला अदालतमा जोगीको पत्निले अंशमुदा गरी आफनो अंश तीनकठा लिएको बताएका छन । जोगीको हजुरबुबासहित त्यहा रहेका तीनजना दलितजातीका डोम थरभएकाहरुको नाममा ०२१ साल अघि एकएकधुर जग्गा मात्र रहेको नापनक्सामा देखिन्छ । कानुन व्यावसायीसंगको मिलोमतोमा जोगीले प्रपञ्च रचि यस्तो गरेको र अहिले पुन अर्काे नाटकको मञ्चन गरेको गाउलेहरु बताउछन ।