बिरगंज जेष्ठ २१

वीरगंज महानगरपालिका वडा नं. २३ स्थित श्री भुवनेश्वरनाथ प्राथमिक बिद्यालय ईटियाहीमा आज एक कार्यक्रमका बिच छात्रवृति बितरण गरिएको छ ।  नेकपाका  वडा नं. २३ का वडा अध्यक्ष एव. जननिर्वाचित सदस्य लालबाबु यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सो छात्रवृति बितरण गरिएको हो । सो अवसरमा कक्षा १ देखि ५ सम्मका ४३ जना छात्रा र दलित बिद्यार्थीहरुलाई कपडा र २० जना बिद्यार्थीहरुलाई नगद चार सयका दरले रकम बितरण गरिएको थियोे । कुल  १९ हजार दुई सय रकम छात्रवृति बितरण गरिएको बिद्यालयका प्रधानाध्यापक नन्दकिसोर पाण्डेले जानकारी दिनुभयो । कार्यक्रममा वडा सदस्य फुलबचनी देवी पासवान, बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष जादोलाल यादव लगायतको सहभागिता रहेको थियो ।