वीरगंज, जेठ २३ गते ÷ सामुदायिक सेवा केन्द्र छपकैया र सामुदायिक सेवा केन्द्र छपकैयाको संयुक्त आयोजनामा आज आयोजित रक्तदान कार्यक्रममा ८ महिलासहित ९४ जनाले रक्तदान गरेका छन । सामुदायिक सेवा केन्द्र छपकैयामा आयोजित रक्तदान कार्यक्रमको पर्साका प्रहरी उपरिक्षक दीवेस लोहनीले उदघाटन गर्नुभएको थियो ।

सो अवसरमा वहाले रक्तदान कार्यक्रममा सहभागि हुने सबै प्रति आभार व्यक्त गर्नुभएको थियो । केन्द्रका उपाध्यक्ष महमद अब्दुल हक अंसारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सामुदायिक सेवा केन्द्र छपकैयाका संस्थापक अध्यक्ष सरोज खडकाले गर्नुभएको थियो ।

रक्तदान गर्नेहरुमा बिनु चौधरी, प्रेरणा अर्याल, स्नेहा बस्नेत, अस्मिता मैनाली, प्रलिस श्रेष्ठ,प्रशंसा खडका, मन्जु लामा, बन्दना कुशवाहा, महमद युनिस, पन्नालाल कुर्मि, राजेश पटेल, शुशाल थापा, जावेद आलम, बलिन्द्र ठाकुर लोहार, अजित भुजेल, रमेश रेग्मी, धिरज शर्मा, उमेश कुशवाहा, रामकिशोर साह, आशिष चौधरी, निशान्त भण्डारी, शेख सलाउद्दिन, अनिल लामा, शौकत अलिलगायतले रक्तदान गर्नुभएको रक्तसंचार केन्द्र वीरगंजका प्रमुख प्रवीण मानन्धरले बताउनुभयो । कार्यक्रममा रक्तसंचार केन्द्र वीरगंजका डिल्लीमाया घिमिरे, निरंजन गुप्ता, आर्यन चौधरी र नन्दकिशोर साहले प्राविधिक सहयोग पु¥याउनु भएको थियो ।