वीरगज २७ असार ÷ सामुदायिक सेवा केन्द्र बीर्ताको आज सम्पन्न भेलाले अमित श्रेष्ठलाई अध्यक्ष पदमा चयन गरेको छ । निवर्तमान अध्यक्ष मंसुरबाबु सिद्दीकीको अध्यक्षता र वप्रका बिर्ताको प्रनि ऐनबहादुर मल्लको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले अध्यक्षमा श्रेष्ठसहित तत्काल ५ सदस्यको चयन पनि गरेको छ । सदस्यहरुमा जगतसाह कानु, अनिल प्रधान, प्रकाश शर्मा, मजिद मिया र ऐनामुल हक रहेका छन ।