बीरगंज,१७ माघ।पर्सा प्रहरीले साढे १० किलो चरेश सहित तीन जनालाई सार्वजनिक गरेको छ । जसमध्ये दुई जना महिला र एक जना भारतीय नागरिक रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्सामा बुधबार आयोजित पत्रकार सम्मेलनमा गरेर साढे १० किलो चरेश सहित तस्करीमा संलग्न तीन जनालाई सार्वजनिक गरेको हो । तस्करहरूले केही हजार रूपियाको प्रलोभनमा महिलालाई भरियाको रूपमा प्रयोग गर्न थालेको पर्सा प्रहरीको अनुसन्धानबाट खुलेको छ ।जसमध्ये ८ महिने बच्चाको आमा सहित दुई महिला र एक जना भारतीय पुरुष रहेका छन् ।

पक्राउ पर्नेमा भारत बिहार जिल्ला मोतिहारी पश्चिमी चम्पारण नयाँ टोला थाना चनपटिया वडा नं २ बस्ने ६० बर्षिय जहुर आलम, वीरगञ्ज महानगरपालिका वडा नं १६ बस्ने २० बर्षिया अपसाना खातुन र सोही ठाउँकी २५ बर्षिया रेहना खातुन रहेका छन् । रेहनाको साथमा ८ महिनाको शिशु समेत रहेको प्रहरीले जनाएको छ । उनीहरू माथि लागु औषध मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले बताए ।उनीहरूको साथबाट प्रतिबन्धित लागु औषध साढे १० किलो चरेश बरामद गरिएको छ ।आधा किलोको २१ वटा ईटा जस्तो देखिने चरेशको प्याकेट जीउमा लुकाई छिपाई रक्सौल तर्पm जानको लागेको अवस्थामा हिजो पर्सा प्रहरीले उनीहरूलाई वीरगंज–१६ ईनार्वा चोकबाट विशेष सुराकीको अधारमा नियन्त्रणमा लिएको थियो ।जहुर आलम चरेश तस्कर गिरोहका व्यक्ति हुने भने बच्चासहित पक्राउ परेका दुई नेपाली महिला चरेश भरिया हुन् ।उनीहरूले एक खेपको चरेश सीमा कटाए वापत २५ सय देखि ३ हजार सम्म पाउने गरेको प्रहरीको अनुसन्धानमा खलेको प्रहरीले जनाएको छ ।

पर्सा प्रहरीले विभिन्न मितिमा लागु औषध नाईट्रोभेट ट्याबलेट र इन्जेक्सन सहित तीन जनालाई पक्राउ गरेको छ । मंगलबार दिउँसो वीरगञ्ज महानगरपालिका वडा नं १६ रजत जयन्ती चोकबाट मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं १३ बस्ने १८ बर्षिय दिपेन्द्र खत्रीलाई पक्राउ गरेको हो । खत्रीको साथबाट लागु औषध नाईट्रोभेट ट्याबलेट ६० पिस बरामद गरेको प्रहरीले जनाएको छ ।मंगलबार राति नै प्रहरीले तनहुँ भिमात गाउँपालिका वडा नं ९ बस्ने ३६ बर्षिय राजेश रानाभाटलाई वीरगञ्जको होटल समरबाट पक्राउ गरेको छ । रानाभाटको साथबाट प्रयोग गरेको टीटी सेट सिरिञ्ज २ थान, प्रयोग नभएको टीटी ४ सेट बरामद भएको प्रहरीको भनाई छ । त्यस्तैगरि प्रहरीले गत माघ १२ गते रजत जयन्ती चोकबाटै भक्तपुरकोअनन्त लिंगेश्वर नगरपालिका वडा नं १० बस्ने २५ बर्षिय रोहण खड्कालाई लागु औषध इन्जेक्सन डाईजील्याब ५१ पिस, फेनारगन ५१ पिस र ५१ पिस लुपिजेसिक सहित पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन लिम्बुले जानकारी दिए । पक्राउ परेका तीनै जना विरुद्ध लागु औषध शिर्षकमा मुद्धा दर्ता गरि आवश्यक अनुसन्धान भईरहेको उनले बताए ।