वीरगंज, साउन २ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले साढे पाचकिलो गाजासहित दुईजना भारतीय युवकहरूलाई पक्राउ गरेको छ । इप्रका नेवारपानीले हेउमनपा–३ मा चेकजाच गर्ने क्रममा ना ५ ख ४५२३ नं.को यात्रुवाहक बसमा सवार भारत कटिहार मनिहारी थानाका ३५ वर्षीय महम्मद सलीम र सोहि ठाउका ३२ वर्षीय शेख जहागीरलाई पक्राउ गरेको मकवानपुर प्रहरीका प्रवक्ता प्रनाउ बामदेव गौतमले बताएका छन् । उनीहरूले लुकाईछिपाई सो गाजा ल्याउदै गरेको क्रममा पक्राउ परेको र आवश्यक कारबाई भई रहेको प्रवक्ता गौतमले बताए ।